काठमाडौं- सानिमा बैंक लिमिटेडले २०औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा मंगलबार भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा २.४० अर्ब रूपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब रूपैयाँ, कुल निक्षेप १९९.३८ अर्ब रूपैयाँ तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रूपैयाँ रहेको छ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको छ।