बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

भिमाद नगरपालिका क्षेत्रमा बाढीपहिरोले ३५ खानेपानी आयोजनामा क्षति

images
मंगलबार, मंसिर ४ २०८१
images
images
भिमाद नगरपालिका क्षेत्रमा बाढीपहिरोले ३५ खानेपानी आयोजनामा क्षति

गत असार, साउन र असोजमा आएको बाढी र पहिरोले साना ठूला गरी उक्त खानेपानी योजनामा क्षति बनाएको हो।

images
images

तनहुँ- तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पुर्‍याएको छ। गत असार, साउन र असोजमा आएको बाढी र पहिरोले साना ठूला गरी उक्त खानेपानी योजनामा क्षति बनाएको हो।

images
images

नगरपालिकाले खानेपानी क्षेत्रमा विनियोजन गरेको करिब ५० लाख रूपैयाँ बजेटले नधानेपछि विकास निर्माणको बजेट खर्च गर्नुपरेको भिमादका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए। उनले भने, 'कार्यपालिका बैठकबाट निर्णय गरी विकास बजेटबाट खानेपानी योजना मर्मतसम्भारका लागि खर्च गरिएको छ।'

images
images

'विकास निर्माणको करिब २५ लाख रूपैयाँ खर्च गरिएको छ', उनले भने, 'खानेपानी संवेदनशील भएकाले खानेपानी योजना मर्मतसम्भार कार्यलाई प्राथामिकता दिइएको छ।'

images
images
images

उपभोक्तामार्फत नगरपालिकामा निवेदन आएपछि प्राविधिकले लागत अनुमान गरी अनुगमनपश्चात् मर्मतसम्भार कार्य गर्ने गरिएको नगरप्रमुख सुवेदीले बताए। 'नगरपालिकामा अहिले पनि चार/पाँचवटा खानेपानी योजनाका निवेदन परेको छ', उनले भने, 'प्राविधिक खटाएर लागत अनुमानपश्चात् मर्मतसम्भारका कार्य अघि बढाउँछौ, अधिकांश योजनाको मर्मत कार्य भइसकेको छ।'

जिल्लाका अन्य पालिकाको तुलनामा असार र साउनमा आएको बाढी र पहिरोले भिमाद नगरपालिका क्षेत्रमा धेरै क्षति बनाएको आकलन गरिएको नगरप्रमुख सुवेदीले बताए। ठूला खानेपानी योजनामा आठ लाख रूपैयाँदेखि १० लाख रूपैयाँ खर्च आइरहेको नगरपालिकाले जनाएको छ।

'विकास निर्माणका भौतिक संरचना आउँदो वर्ष गरौँला', नगरप्रमुख सुवेदीले भने, 'नागरिकलाई खानेपानीबाट वञ्चित गर्नु हुँदैन भनेर नगरपालिका सक्रिय रुपमा लागिपरेको छ।' रासस


प्रकाशित : मंगलबार, मंसिर ४ २०८११४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend