बुधबार, माघ १६ गते २०८१    
बुधबार, माघ १६ २०८१
images
images

कर्णालीमा अझै आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन

images
सोमबार, मंसिर ३ २०८१
images
images
कर्णालीमा अझै आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन

सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ।

images
images

सुर्खेत- कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको छ।

images
images
images

सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ। उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पुर्‍याउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिए।

images

चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ। कर्णालीका पूरै र लुम्बिनीमा आयोडिनयुक्त नुन नेपालगञ्जबाट ढुवानी गरिँदै आएको छ। कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष समाधान भएको प्रमुख चौधरीले जानकारी दिए। कर्णालीका जिल्लाहरुमा प्रतिपोका नौ रुपैयाँले आयोडिनयुक्त नुन बिक्री हुने गरेको छ। 

images
images
images

ढुवानीमा अनुदानका कारण उक्त नुन प्रतिकिलो नौ रुपैयाँ परेको उनले बताए। डोल्पाको सदरमुकाम दुनैमा दुई हजार पाँच क्वीन्टल कोटामध्ये हालसम्म एक हजार एकसय क्वीन्टल नुन ढुवानी भइसकेको छ। जुफाल डिपोमा पाँच सयमध्ये तीन सय क्वीन्टल, काइगाउँमा तीन सय कोटामध्ये हालसम्म नुन पुर्‍याइएको छैन। ढुवानीको क्रममा बाटोमै रहेको साल्ट ट्रेडिङले जनाएको छ। 

त्रिपरासुन्दरीको लिकुमा तीनसय कोटा निर्धारण गरिएकामा ढुवानीको क्रममा रहेको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख चौधरीले जानकारी दिए। मुडकेचुलाको सर्मीमा तीन सय क्वीन्टलमा सबै नुन पुगेको उनको भनाइ छ। तिन्जेमा एक हजार आठ क्वीन्टल कोटा निर्धारण गरेकामा हाल सम्म पुर्‍याउन सकेको छैन।

हुम्ला सदरमुकाम सिमीबोटमा एक हजार ६ सय क्वीन्टल कोटा निर्धारण गरिएकामा हालसम्म एक हजार एक सय ५० क्वीन्टल ढुवानी भइसकेको छ। याल्वाङ डिपोमा पाँच सय क्वीन्टल कोटा निर्धारण गरिएकामा हालसम्म ढुवानी हुन सकेको छैन।

सार्केगाडमा नौ सय क्वीन्टलमध्ये ढुवानीको क्रममा बाटोमा रहेको प्रदेश प्रमुख चौधरीले जानकारी दिए। श्रीकोट डिपोमा नौ सय क्वीन्टल कोटा भएकोमा ढुवानीको क्रममा छ। सदरमुकाममा भने हवाई मार्गबाट नुन ढुवानी गर्ने कार्ययोजना रहेको छ। श्रीकोट र सार्केगाड साल्ट ट्रेडिङ् कर्पोरेशनका बिक्री केन्द्र हुन्। 

मुगु सदरमुकामका डिपोमा दुई हजार पाँचसय क्वीन्टलको कोटा रहेकामा हालसम्म एक हजार एक सय क्वीन्टल ढुवानी भइसकेको छ। बाँकी ढुवानीको क्रममा छ। सोरुकोटमा नौसय क्वीन्टलमध्ये पाँचसय क्वीन्टल ढुवानी भएको छ। श्रीकोटमा नौ सय क्वीन्टल ढुवानी भएको छ। मुगुमकार्मरोङ गाउँपालिकामा एक हजार क्वीन्टल कोटा रहेकामा हालसम्म ढुवानी भएको छैन। सदरमुकामबाट नै यहाँको माग र आपूर्ति व्यवस्था हुँदै आएको साल्ट ट्रेडिङले जनाएको छ।

जुम्लाका सबै स्थानीय तहमा नुन पुर्‍याउन स्थानीय तहहरुसँग सहकार्य भइ सोहीअनुसार ढुवानी भइरहेको चौधरीले जानकारी दिए। उनका अनुसार सदरमुकाममा चार हजार क्वीन्टलमध्ये दुई हजार एकसय ५० क्वीन्टल ढुवानी भएको छ। नराकोटमा एक हजारमा हालसम्म चारसय ५० क्वीन्टल पठाएको छ। गोरुचौरमा एक हजारमध्ये पाँच सय क्वीन्टल नुन पुर्‍याएको छ।

जाजरकोटका सात पालिकामध्ये सदरमुकामसहित चार ठाउँमा नुन बिक्री हुँदै आएको छ। सदरमुकाममा दुई हजार पाँचसयमा एक हजार दुईसय मात्र ढुवानी भएको छ। नलगाडको दल्लीमा एक हजार पाँचमा छ सय क्वीन्टल ढुवानी भएको छ।

पश्चिम जाजरकोटको थलहमा एक हजार दुईसय क्वीन्टलमध्ये चारसय ५० क्वीन्टल ढुवानी भएको छ। तागामा तीनसय क्वीन्टल कोटामध्ये सबै पुगेको छ। रुकुम पश्चिमको ४ हजार पाँच सय क्वीन्टल कोटा मध्य हालसम्म आठ सय ५० क्वीन्टल ढुवानी भएको छ। चौरजहारीमा आठसय क्वीन्टल मध्य तीनसय ४० क्वीन्टल मात्र ढुवानी भएको छ।

कालिकोटमा तीन हजार पाँचसय क्वीन्टल मध्ये सातसय ५० क्वीन्टल ढुवानी भएको छ। रासकोट डिपोमा एक हजार दुईसय क्वीन्टलमध्ये दुईसय ४० क्वीन्टल ढुवानी भएको छ। बाँकी ढुवानीको प्रक्रियामा छ। ठेक्का प्रक्रियाबाट ढुवानी हुने भएकाले ढुवानीकर्ताले आफू अनुकुलमा ढुवानी गर्दै आएका छन्। उपल्लो डोल्पामा कोभिडदेखि आयोडिन युक्त नुन ढुवानी हुन सकेको छैन। हिमाली जिल्लाहरुमा चिसो र हिमपातका कारण नुन ढुवानीमा समस्या हुने गरेको छ।

उपल्लो डोल्पा, हुम्लाको माथिल्लो भाग र मुगुको माथिल्लो क्षेत्रमा ढुवानीमा समस्या हुँदै आएको छ। स्थानीय तहहरुले समन्वय गरेर नुन लिएमा सबैलाई सहज हुने लिमिटेडको भनाइ छ।

हाल निर्धारण गरिएको नुनको कोटा कर्णालीको हालको जनसंख्यालाई अपुग भएको स्थानीय तहका प्रमुखहरुले बताउँदै आएका छन्। दैलेखमा नुनको बिक्री केन्द्र नै छैन। कर्णालीको सबै स्थानीय तहमा साल्ट ट्रेडिङसँग सहकार्य गरेर नुन लिन पुर्‍याउन सकेमा सबैका लागि सजिलो हुने साल्ट ट्रेडिङले जनाएको छ।

आयोडिनयुक्त नुनको आवश्यकता र माग दुवै उच्च रहेको स्थानीय तहका प्रमुखहरु बताउँछन्। साल्ट ट्रेडिङले सीमित कोटा निर्धारण गर्दा बर्सेनि कर्णालीका स्थानीयवासीका लागि नुन अपुग हुने गरेको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए। रासस


प्रकाशित : सोमबार, मंसिर ३ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend