बिहीबार , मंसिर ६ गते २०८१    
images
images

तनहुँमा अघि बढ्यो कृषि पर्यटन मार्गसहित पूर्वाधार निर्माणको काम

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २ २०८१
images
images
तनहुँमा अघि बढ्यो कृषि पर्यटन मार्गसहित पूर्वाधार निर्माणको काम

आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएका १ सय ७९ वटा योजनामध्ये क्रमगत ३३ र बहुवर्षीय ४१ वटा आयोजना सञ्चालनमा छन्।

images
images

तनहुँ- जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्ग, व्यास नगरपालिका-७ र ८ जोड्ने कालिका मार्ग र बुल्दी खोलामा पक्की पुल निर्माण गरेको छ। 

images
images
images

आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएका १ सय ७९ वटा योजनामध्ये क्रमगत ३३ र बहुवर्षीय ४१ वटा आयोजना सञ्चालनमा छन्।

images

उक्त कार्यालयका इन्जिनियर धनमाया मिश्रका अनुसार ती आयोजनाका लागि १ अर्ब ४० करोड ५९ लाख ८० हजार रुपैयाँ विनियोजन भएको छ । 

images

तनहुँको दासढुङ्गा शालिकराम करिडोर लोकगमार्गमा तीन वटा प्याकेजमा काम भइरहेको  छ। जिल्लाको बैडीबाट देवघाटसम्मको साढे २१ किमी पहिलो प्याकेजअन्तर्गत काम जारी छ। दोस्रो प्याकेजमा १० किमी र तेस्रो १६ किमी निर्माण हुनेछ। रासस


प्रकाशित : आइतबार, मंसिर २ २०८११०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend