बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

चितवनमा १० प्रकारका आलुको अध्ययन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २६ २०८१
images
images
चितवनमा १० प्रकारका आलुको अध्ययन

औद्योगिक आलुका रुपमा फ्रेन्चफ्राइ, चिप्सजस्ता वस्तु उत्पादनका लागि आलु चितवनमा उत्पादन गर्न सकिन्छ की सकिँदैन भन्ने अध्ययन थालिएको हो।

images
images

चितवन- चितवनमा आलुका जातको अध्ययन सुरु गरिएको छ। जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा प्रविधि अनुसरण कार्यक्रमअन्तर्गत आलुका जातहरुको अध्ययन सुरु गरिएको हो।  

images
images

कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार कृषकलाई अनुदानको कार्यक्रम गर्दै आएको कार्यालयले यस वर्ष अध्ययन कार्यक्रम गरिएको हो।

images
images

विभिन्न १० प्रकारका आलुको अध्ययन सुरु गरिएको उनले जानकारी दिए। अध्ययन सुरु गरिएका आलुमा ० दशमलव ५२, २५ दशमलव ७, एल्बर स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटरलगायतका जातको अध्ययन परीक्षण थालिएको हो। यस्तै फ्राइसोना, सन्ताना र स्थानीय नीलो जातको आलुको अध्ययन गर्न लागिएको उनले बताए।

images
images

उनका अनुसार अहिले जातीय परीक्षण तथा औद्योगिक आलुको बारेमा अध्ययन सुरु गरिएको छ। औद्योगिक आलुका रुपमा फ्रेन्चफ्राइ, चिप्सजस्ता वस्तु उत्पादनका लागि आलु चितवनमा उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने अध्ययन थालिएको हो। एउटा जातको २५ किलो आलुका दरले कृषक र रामपुर कृषि क्याम्पस खैरहनीमा अध्ययन थालिएको हो। 

खैरहनी नगरपालिकाका वडा नम्बर १० कठारका कृषकको बारीमा आलु लगाइ सकिएको छ भने क्याम्पसमा केही दिनमा लगाउने तयारी गरिएको छ।

किसानले परापूर्वकालदेखि लगाउँदै आइरहेका आलुको भन्दा परीक्षण स्वरुप लगाइएका आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग किराको आक्रमण, बिक्री वितरणमा सहजतालगायतका विषयमा अध्ययन गरिने उनले बताए।

आलुको उत्पादन क्षमता हेरेर कुन आलुलाई यस क्षेत्रमा लगाउँदा बढी प्रतिफल लिन सकिन्छ भन्ने विषयमा अध्ययन गरिने सूचना अधिकारी त्रिपाठीले बताए। उत्पादन सफल भएमा स्थानीय कच्चा पदार्थको प्रयोगले उत्पादन बढाएर व्यावसायिक आलु खेतीमा कृषकलाई लगाउन मद्दत पुग्ने कार्यालयका प्रमुख झलकनाथ कँडेलले बताए। उनले भने, 'आलुखेती गर्ने कृषकका लागि यो अध्ययन फलदायी हुने छ।'

जिल्लामा गत आर्थिक वर्षमा एक हजार नौ सय ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो। जसबाट ४९ हजार छ सय ७६ मेट्रिक टन आलु उत्पादन भएको उनले जानकारी दिए। क्षेत्रफल र उत्पादन बढाउन यो प्रयोग फलदायी हुने उनले विश्वास व्यक्त गरे। रासस


प्रकाशित : सोमबार, कात्तिक २६ २०८११०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend