शनिबार, साउन १२ गते २०८१    
images
images
images

उडानकै क्रममा गुण एयरलाइन्सको जहाजको ढोका खुलेको विषयमा छानबिन गर्न समिति गठन

images
मंगलबार, माघ ४ २०७८
images
images
उडानकै क्रममा गुण एयरलाइन्सको जहाजको ढोका खुलेको विषयमा छानबिन गर्न समिति गठन

हाज उडानकै क्रममा ढोका खुलेपछि जहाज काठमाडौं विमानस्थलमै अवतरण गरिएको थियो।

images


काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको  जहाज उडानको क्रममा ढोका खुलेको विषय अध्ययन गर्ने छानबिन समिति बनाएको छ।

images
images

गुण एयरलाइन्सको जहाज माघ २ गते काठमाडौंबाट पोखराका लागि उडान गर्दा जहाजको ढोका खुलेको थियो। जहाज उडानकै क्रममा ढोका खुलेपछि जहाज काठमाडौं विमानस्थलमै अवतरण गरिएको थियो।

images

उक्त विषयमा छानबिनका लागि भन्दै मन्त्रालयले समिति बनाएको हो। मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा ४ सदस्यी समिति गठन गरेको हो। समितिमा नसिव आर्चाय, सावित्रा श्रेष्ठ र रितेश राज पन्त सदस्य रहेका छन्।


प्रकाशित : मंगलबार, माघ ४ २०७८१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend