शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

एनआइएमबि एस क्यापिटलको आयोजनामा नुवाकोटमा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’

images
बुधबार, कात्तिक १४ २०८१
images
एनआइएमबि एस क्यापिटलको आयोजनामा नुवाकोटमा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’

विश्व लगानीकर्ता सप्ताहका अवसरमा नुवाकोटमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ सम्पन्न भएको छ।

images
images
images

विश्व लगानीकर्ता सप्ताहका अवसरमा सोमबार नुवाकोटमा रहेको सिद्धार्थ होटल वाटर टावरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ।

images
images

गिरिराज पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी थिए भने अन्य अतिथिहरुमा नुवाकोट जिल्ला सुरक्षा समितिका सम्पूर्ण सदस्य तथा उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्षका साथै स्थानीय जनप्रतिनिधिहरु उपस्थित थिए।

images
images

एक सयभन्दा बढी स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँगै नेपालमा सेयर बजारको वर्तमान अवस्था, यसका चुनौती र समस्याबाट जोगिने उपायहरुका साथै नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्बन्धमा प्रशिक्षणमूलक अभिव्यक्ति दिएका थिए।

उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो भने एनआइएमबि एस क्यापिटलले प्रदान गर्ने सेवाहरुको बारेमा समेत विस्तृतरुपमा जानकारी गराइएको थियो।

विश्व लगानीकर्ता सप्ताह, २०२४ अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवर्द्धन गरिएको एक हप्ता लामो विश्वव्यापी अभियान हो जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरुमा धितोपत्र नियामकहरुको विभिन्न पहलहरुलाई केन्द्रिकृत गर्दछ।


प्रकाशित : बुधबार, कात्तिक १४ २०८११६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend