मंगलबार, माघ १५ गते २०८१    
मंगलबार, माघ १५ २०८१
images
images

‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत निर्माण भयो आँबुखैरेनी क्याम्पस भवन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ९ २०८१
images
images
‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत निर्माण भयो आँबुखैरेनी क्याम्पस भवन
images
images

काठमाडौं- ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड रुपैयाँ आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पसको क्याम्पस भवन निर्माण गरिएको छ। 

images
images
images

भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तीरमण वाग्ले र तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्तरुपमा भवन उद्घाटन गरे।

images

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग आँबुखैरेनी क्याम्पसलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले क्याम्पस भवनको निर्माणमा उपयोग गरिएको थियो। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो। जिल्ला समन्वय समिति, तनहुँमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो। 

images
images
images

जिल्ला समन्वय समितिका प्रमुख, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र क्याम्पस व्यवस्थापन समितिका अध्यक्षले आ-आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए।    

आँबुखैरेनी क्याम्पस सन् २००५ मा स्थापना भएको हो। यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो। क्याम्पसले स्नातक तहमा ब्याचलर अफ बिजनेस स्टडीज (बिबिएस) र ब्याचलर अफ एजुकेशन (बिएड) विषयहरु अध्यापन गराउँदै आएको छ। क्याम्पसमा करिब ३०० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ९० प्रतिशत छात्राहरु रहेका छन्। 

नेपालको तनहुँस्थित आँबुखैरेनी क्याम्पसका विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुनेछ। साथै सिकाइको राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षाको विकासमा योगदान पुर्‍याउनेछ। 

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ।


प्रकाशित : शुक्रबार, कात्तिक ९ २०८११३:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend