बिहीबार , मंसिर ६ गते २०८१    
images
images

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा, वार्षिक सात लाख रूपैयाँसम्म आम्दानी

images
बिहीबार , कात्तिक ८ २०८१
images
images
स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा, वार्षिक सात लाख रूपैयाँसम्म आम्दानी

तीनजनाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि उनी एक्लैले धान्दै आएका छन्। कुखुरापालनसँगै उनले माछापालन पनि गरेका छन्।

images
images

पाल्पा- उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन्। व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका-८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन्। उनको व्यवसाय पाल्पामा नमूना बनेको छ।

images
images
images

उद्यमी अर्यालले रामपुर-८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन्। 'गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु', उनले भने, 'यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ।' उनी विगत सात वर्षदेखि उनी यो व्यवसायमा आबद्ध छन्।

images

पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उनले कुखुरापालन गरेका छन्। उनको फार्ममा हाल एक हजार सातसय ५० बोइलर कुखुरा छन्। सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पालेका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गरेका छन्। उनको फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने सातसय ५० हुर्कँदै गरेका चल्ला छन्।

images

कुखुरा बिक्रीका लागि बजारको समस्या छैन। रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्यालले बताए। उनले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिलाई हुर्काएर बिक्री गर्दै आएका छन्।

उद्यमी अर्यालले ५० लाख रूपैयाँ लगानीमा कुखुरा पाल्न थालेका हुन्। यसबाट वार्षिक सात लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्। स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उनले बताए। व्यवसाय धान्न एक जनालाई रोजगार दिएका छन्। टिक्ने खालको संरचना बनाएर व्यवसाय गरेका छन्।

गाउँका तीनजना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आएका छन्। कुखुरापालनसँगै उनले माछापालन पनि गरेका छन्। व्यवसाय ठूलो र नमूना खालको भएकाले पनि फार्म अवलोकन गर्न जाने गरेको पाइन्छ। फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो छ। अर्याललाई यो व्यवसायले दाम मात्र नभइ समाजमा नाम पनि दिएको छ।

व्यवसाय थाल्नेबित्तिकै धेरै आम्दानी गर्छु भनेर गर्ने होइन, कसरी लामोसमयसम्म टिकाउन सकिन्छ, धैर्यका साथ काम गरियो भने अवश्य पनि सफलता मिल्ने उनको अनुभव छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend