सोमबार, कात्तिक २६ गते २०८१    
images
images

मौरीपालनबाट लोभलाग्दो आम्दानी : वार्षिक १६ लाखको कारोबार, सात लाखसम्म बचत

images
बुधबार, कात्तिक ७ २०८१
images
images
मौरीपालनबाट लोभलाग्दो आम्दानी : वार्षिक १६ लाखको कारोबार, सात लाखसम्म बचत

हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन्। उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन्।

images
images

दाङ- घोराही उपमहानगरपालिका-१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन्। लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो। 

images
images
images

हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन्। उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन्। मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लागेका उनको घरबाटै मह बिक्री हुने गरेको छ।

images

वार्षिक १६ लाख रूपैयाँको कारोबार गरिरहेका पौरखी घर्तीले सात लाख रूपैयाँ बचत हुने गरेको बताए। एक किलो मह पाँचसय रूपैयाँमा बिक्री गर्दै आएको उनले सुनाए।

images

वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए। गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उनी बताउँछन्।

मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको भनुभव छ। बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उनी बताउँछन्।

यस व्यवसायमा अलि बढी अध्ययनशील हुन आवश्यक रहेको छ, चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उनले बताए। रासस


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend