बुधबार, कात्तिक ७ गते २०८१    
images
images

बाटो खुलेको २५ वर्षपछि कालोपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ७ २०८१
images
images
बाटो खुलेको २५ वर्षपछि कालोपत्र

७ सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, १ सय २५ मिटर ढलान, ७ सय मिटर पानीका निकासका लागि नाली र ६ सय मिटर पर्खाल निर्माण भएको छ।

images
images

म्याग्दी- बेनी नगरपालिका-६ को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ।

images
images
images

बेनी नगरपालिकाले बेनी-पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गरेको हो। बेनी-६ का वडाध्यक्ष कृष्णसिंह बानियाँका अनुसार यहाँ २०५६ सालमा सडकको सडक निर्माण गरिएको हो।

सडक स्तरोन्नति भएपछि आवतजावत गर्न सहज भएको छ। यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३४ लाख ६६ हजार नौ सय २९ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। ७ सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, १ सय २५ मिटर ढलान, ७ सय मिटर पानीका निकासका लागि नाली र ६ सय मिटर पर्खाल निर्माण भएको छ। 

images

यो सडकले बेनी नगरपालिका-६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिका-५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोडेको छ।

images

साथै गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले १० करोड १६ लाख एक हजार तीन सय ६४ को लागतमा बेनी-पाखापानी सडकको भुतेदैला-नेप्टेचौर-तोरीपान खण्डमा चार किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ।

नगरपालिकाले चालु आर्थिक वर्षमा तीन करोड बजेट विनियोजन गरेको बेनी-पात्लेखेत सडकको तोरीपानीबाट पात्लेखेततर्फ स्तरोन्नतिको तयारी गरेको नगरप्रमुख सुरत केसीले बताए। रासस


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend