शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

टेलिकमको विन्टर अफर सार्वजनिक, कुन अफरमा कस्तो सुविधा?

images
images
टेलिकमको विन्टर अफर सार्वजनिक, कुन अफरमा कस्तो सुविधा?
images
images

काठमाडौं- नेपाल टेलिकमले माघ ३ गतेबाट लागु हुने गरी विन्टर अफर २०७८ सार्वजनिक गरेको छ। अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेजसमेत उपलब्ध गराउने जनाएको छ।

images
images
images

टेलिकमले पहिले २८ दिनका लागि ५ सय ९९ रुपैयाँमा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध भइरहेकोमा अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने जनाएको छ।

images

यो अफरमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराउने टेलिकमले जनाएको छ।  डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता रहेको टेलिमकको भनाइ छ। साथै टेलिकमले सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराउने भएको छ।

images

यो अफर योजनामा २ सय ९९ मा २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने टेलिकमले जनाएको छ।

images
images

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तरलाई पनि निरन्तरता दिएको छ। पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने टेलिकमले जनाएको छ।

साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने टेलिकमको भनाइ छ।

 

images

प्रकाशित : आइतबार, माघ २ २०७८१०:५८

प्रतिक्रिया दिनुहोस