बुधबार, कात्तिक ७ गते २०८१    
images
images

तनहुँमा पाडीबाछी हुर्काउन अनुदान वितरण

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ५ २०८१
images
images
तनहुँमा पाडीबाछी हुर्काउन अनुदान वितरण

विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएपछि कार्यक्रम प्रभावकारी बन्दै गएको केन्द्र प्रमुख डा राजेशकुमार चौधरीले जानकारी दिए।

images
images

तनहुँ- गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन ६० लाख ४० हजार अनुदान वितरण गरेको छ।

images
images
images

कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका ६ सय चारवटा पाडीबाछी हुर्काउन १० हजारका दरले उक्त अनुदान रकम प्रदान गरेको हो।

आर्थिक वर्ष २०८०/८१ मा तीन सय ३१ आवेदन परेकामध्ये छनोटमा परेका तीन सय २७ किसानले अनुदान पाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ।

images

विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएपछि कार्यक्रम प्रभावकारी बन्दै गएको केन्द्र प्रमुख डा राजेशकुमार चौधरीले जानकारी दिए। पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष छ सय चारवटा पाडीबाछीका लागि बजेट विनियोजन गरिएको थियो।

images

'गत वर्षको तुलनामा यस आवमा तीन सयवटा पाडीबाछी हुर्काउनका लागि बजेट विनियोजन भएको छ', चौधरीले भने, 'बजेट घटेर आएका कारण यस वर्ष पाडीबाछी हुर्काउने सङ्ख्यामा कमी आएको छ।'

पाडी–बाछी हुर्काउन अनुदान पाउन यस वर्ष आवेदन खोलिसकेको र किसानबाट आवेदन आउने क्रम जारी छ। यस वर्ष ३० लाख बजेट विनियोजन भएको सो केन्द्रले जनाएको छ।

जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा धेरै बन्दीपुरमा दुई सय २१, व्यास नगरपालिकामा दुई सय आठ, आँबुखैरेनीमा ८४, भानुमा ४५, म्याग्देमा २५, देवघाटमा १२, शुक्लागण्डकीमा आठ र ऋषिङमा एकवटा छनोटमा परेको थियो। आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइएको उनले बताए। एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडीबाछीका लागि अनुदान पाउनेछन्।

अनुदान पाउन पाडीबाछीको उमेर एक वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड रहेको केन्द्रले जनाएको छ। बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडीबाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिइएको केन्द्रका प्रमुख चौधरीले बताए। रासस 


प्रकाशित : सोमबार, कात्तिक ५ २०८११०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend