सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

बोटको लटरम्म सुन्तलामा रोग लागेपछि किसान चिन्तित

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ३० २०८१
images
images
बोटको लटरम्म सुन्तलामा रोग लागेपछि किसान चिन्तित

तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभइ काठमाडौं उपत्यकामा पनि खपत हुने गरेको छ।

images
images

तनहुँ- देवघाट गाउँपालिका-३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन्। उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो। 

images
images
images

सुन्तला बगैँचा लगाउनुभएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको बताए। रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उनको माग छ। 

images

आफ्नो बगैँचामा पनि लटरम्म सुन्तला फलेका तर रोगव्याध लागेकाले गर्जो टार्ने चिन्ताले भरतसिंह मगरलाई सताएको छ। सुन्तला बेचेर घरखर्च टार्ने र घरव्यवहार मिलाउने आफ्ना योजना भताभुङ्ग भएको उनले दु:खेसो गरे। 

images
images
images

तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभइ काठमाडौं उपत्यकामा पनि खपत हुने गरेको छ। गतवर्ष लुङग्रिङ गाउँबाट तीन करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज ३० २०८१०९:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend