शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो, गएको वर्षभन्दा १० हजार रुपैयाँ सस्तो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २१ २०८१
images
images
भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो, गएको वर्षभन्दा १० हजार रुपैयाँ सस्तो

दसैँमा च्याङ्ग्राको मासु खाने चलनका कारण मुस्ताङको च्याङ्ग्रा बिक्रीका लागि म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने गरेको छ।

images
images

बागलुङ- बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ। आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याए। 

images
images
images

तीन दिनअघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा भित्र्याएका थिए। मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढेको हो। एक सय चार वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेको छ्याङ्तो गुरुङले बताए। मुस्ताङको लोमान्थाङ गाउँपालिका-१ छोसेरबाट ११ दिन लगाएर बागलुङमा च्याङ्ग्रा ल्याएको गुरुङको भनाइ छ।

गत वर्ष रोज्जा च्याङ्ग्रालाई ५५ हजारमा बिक्री गरेको बताउँदै यो वर्ष ४५ हजार रुपैयाँमा बिक्री गरिरहेको बताए।

images

'छोसेरबाट हिँडेर ११ दिनमा बागलुङ आइयो, बाटोमै ५० च्याङ्गा बिक्री भइसके, अझै ५४ च्याङ्ग्रा रहेका छन्, अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फष्टाएको छ', गुरुङले भने, 'परम्परागतरुपमा पाल्दै आएको च्याङ्ग्रा बिक्रीका लागि आफैँ बिक्री गर्दै आएको छु, आफैँ च्याङ्ग्रा उत्पादन र आफैँ बिक्री गर्दा नाफा धेरै हुन्छ।'

images

कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने चलनका कारण मुस्ताङको च्याङ्ग्रा बिक्रीका लागि म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने गरेको छ। च्याङ्ग्राको मूल्यमा १० देखि १५ हजारसम्म घटेकाका कारण चाँडो व्यापार भएको च्याङ्ग्रा व्यापारी छेक्तेन गुरुङले जानकारी दिए। 

बागलुङमा महेन्द्र केसीले भित्र्याएको ७४ च्याङ्ग्रामा १६ वटा बिक्री भइसकेको बताए। गत वर्ष च्याङ्ग्राको व्यापार घट्दा यस वर्ष बागलुङका थोरै च्याङ्ग्रा व्यापारी बागलुङबाट मुस्ताङ पुगेर च्याङ्ग्रा खरिद गरेको केसीले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, असोज २१ २०८११५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend