शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

बारामा ६ हजार ४ सय ७२ हेक्टर धानबाली डुबानमा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २० २०८१
बारामा ६ हजार ४ सय ७२ हेक्टर धानबाली डुबानमा

मधेश प्रदेश कृषि विकास निर्देशनालय जनकपुरका प्रमुख जितेन्द्र यादवका अनुसार प्रदेशका आठ जिल्लामा ४२ हजार ६९ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको छ।

बारा- बारामा ६ हजार ४ सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ। यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले उक्त क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ।

केन्द्रका प्रमुख राजनारायण साहले डुबानमा कुन-कुन बालीमा के-कति क्षति भएको बारेमा किसानसँग तथ्यांक लिने काम भइरहेको जानकारी दिए। केन्द्रका प्रचार अधिकृत रामजीवन ठाकुरले यस वर्ष कुल बर्खेधान ४६ हजार २० हेक्टर क्षेत्रमा रोपाइँ गरिएको जानकारी दिए।

मधेश प्रदेश कृषि विकास निर्देशनालय जनकपुरका प्रमुख जितेन्द्र यादवका अनुसार प्रदेशका आठ जिल्लामा ४२ हजार ६९ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको छ।

बारामा मात्र कुल ६ हजार ४ सय ७२ हेक्टर डुबानमा पर्दा ७७ करोड ६६ लाख ४० हजार रुपैयाँबराबर क्षति भएको अनुमान गरिएको उनले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, असोज २० २०८११०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend