शनिबार, मंसिर ८ गते २०८१    
images
images

पर्वतको पैयूँमा कोदो उत्पादक किसानलाई प्रोत्साहन

images
शनिबार, असोज १९ २०८१
images
images
पर्वतको पैयूँमा कोदो उत्पादक किसानलाई प्रोत्साहन

कोदोको माग दैनिकजसो बढ्दै गए पनि उत्पादनतर्फ कृषकको आकर्षण बढ्न नसकेपछि अनुदान दिएर कोदोको व्यावसायिक उत्पादनमा आकर्षित गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए।

images
images

पर्वत- रैथाने बालीको रुपमा रहेको कोदो उत्पादनतर्फ कृषकहरुको आकर्षण बढाउनका लागि यहाँका कृषकलाई अनुदान वितरण गरिने भएको छ।

images
images
images

दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले कोदो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण गर्ने भएको हो। कोदोको माग दैनिकजसो बढ्दै गए पनि उत्पादनतर्फ कृषकको आकर्षण बढ्न नसकेपछि अनुदान दिएर कोदोको व्यावसायिक उत्पादनमा आकर्षित गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए।

images

पालिकाभित्रका कृषक, कृषि फार्म, कृषक समूह वा सहकारीलाई उत्पादनको आधारमा प्रोत्साहन रकम वितरण गरिने भएको छ। किसानलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्षमा पाँच लाख रूपैयाँ विनियोजन गरिएको र यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप गर्दै लैजाने योजना रहेको अध्यक्ष ठकुरीले बताए।

images

अनुदान पाउनका लागि कम्तिमा पाँच रोपनी क्षेत्रफलभन्दा बढीमा कोदोखेती गर्नुपर्ने भएको छ। कृषकले कोदो बाली लगाउने जग्गाको लालपुर्जा र भाडामा लिएको भए करारनामा पालिकामा निवेदनसहित पेश गर्नुपर्ने पालिकाद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

चालु आर्थिक वर्ष विसं २०८१/८२ बाट लागु भएको यो कार्यक्रमलाई बर्सेनि वृद्धि गर्दै लैजाने पालिकाको योजना छ। 

पहिले-पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो। पछिल्लो समय घरबाससँगै सहर बजारका ठुला-ठूला होटलका भान्छामा पनि ढिँडोको माग बढ्दै गएको छ।

कोदोको माग बढ्दै जानथालेपछि व्यावसायिक रुपमा कोदोको खेती गर्नतर्फ कृषकलाई आकर्षण गर्न अनुदान मुलुक कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन गैरेले जानकारी दिए। उनका अनुसार अनुदान पाउने भएपछि कृषक र कोदोखेतीको क्षेत्रफलसमेत वृद्धि हुने अपेक्षा गरिएको छ। 

धान, मकै, गुहँलगायतका बालीजस्तै कोदोमा यान्त्रिकिकरणको विकास हुन नसक्दा कोदोखेतीतर्फ आकर्षण घट्दै गएको गैरेले बताए। पालिकाले प्रोत्साहन स्वरुप दिने रकमले कृषकलाई बारी खनजोत गर्न, कोदो रोप्न, काट्न र थन्क्याउनका लागि केही राहत मिल्ने भएको छ। 

यसअघि कृषि ज्ञान केन्द्रले पनि रैथाने बाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको थियो। केन्द्रले चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदोखेती विस्तारका लागि सहयोग गरेको छ।

कोदोखेती गर्ने कृषकलाई यान्त्रिकरणमा सहयोग गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा पाँच लाख रूपैयाँ कोदो बालीको प्रवर्द्धनका लागि कृषकलाई वितरण गरिएको थियो।

पर्वतमा गत आर्थिक वर्षशाा आठ हजार तीनसय १० मेट्रिकटन कोदो उत्पादन भएको थियो। त्यसमध्ये पाँच हजार एकसय ७५ मेट्रिकटन कोदो निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। त्यसबाट २३ करोड २८ लाख ७५ हजार रूपैयाँ भित्र्याएको थियो। उत्पादित कोदोमध्ये तीन हजार एकसय ३५ मेट्रिकटन कोदो कृषकले खाद्यान्न, बीउ र गाईभैँसीको दानाका रुपमा प्रयोग गरेका थिए। 

रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन्। जिल्लाका सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ। 

मुख्यगरी मधुमेह र ग्याष्ट्रिक रोगबाट पीडितहरुले कोदोको परिकार बढी मात्रामा खाने गरेका छन्। अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन पनि प्रयोग गर्दै आएका छन्।

बजारमा विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शंकर पौडेलले बताए। पछिल्लो समय कोदोको बिस्कुटसमेत बजारमा उपलब्ध रहेको छ। रासस


प्रकाशित : शनिबार, असोज १९ २०८११६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend