शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बनाइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १८ २०८१
images
images
सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बनाइँदै

७४.२० मिटर लामो पुल आगामी २०८३ असार ९ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ।

images
images

तनहुँ- सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका-१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो। 

images
images
images

गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले उक्त पुलको बिहीबार शिलान्यास गरे। भौतिक पूर्वाधार विकास मन्त्रालयको रु सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। पुलका लागि चालु आर्थिक वर्षमा दुई करोड १६ लाख ५६ हजार रुपैयाँ विनियोजन भएको छ। 

उक्त मन्त्रालयका अनुसार ७४.२० मिटर लामो पुल आगामी २०८३ असार ९ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ।

images

यसैबीच, व्यास नगरपालिका-३ मा सात वर्षदेखि अलपत्र तत्कालीन महिला विकास तथा बालबालिका कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। 

images

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले भवन बनाउन ६५ लाख विनियोजन गरेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले जानकारी दिए। 

सङ्घीय सरकार मन्त्रिपरिषद् बैठकले उक्त भवन गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको थियो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबीच भएको सम्झौताबमोजिम उक्त भवनको हकभोग अधिकार प्रदेश सरकारमा आएको थियो।

प्रदेश सरकारले सामाजिक विकास कार्यालयको  भवन नभएकाले सो भवन उक्त कार्यालयलाई हस्तान्तर गरिने छ। रासस


प्रकाशित : शुक्रबार, असोज १८ २०८११०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend