शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न मन्त्री यादवको निर्देशन

images
आइतबार, असोज १३ २०८१
images
क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न मन्त्री यादवको निर्देशन

'यस विषम परिस्थितिमा युद्धस्तरमा खटिएर दसैँअघि खानेपानी प्रणाली पुनःस्थापित गर्न सम्बद्ध सबैलाई निर्देश गर्दछु', उनले भने।

images
images

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्तदुरुस्त बनाइ आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन्।

images
images
images

मन्त्रालयमा आकस्मिक बैठक राखी मन्त्री यादवले तीन दिनको लगातारको वर्षाले खानेपानी प्रणालीअन्तर्गत मात्र करिब रु एक अर्ब क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिँदै क्षतिको पूर्ण विवरण लिइ प्राथमिकताका साथ खानेपानी प्रणालीलाई पुनःस्थापित गर्न सम्बद्ध उच्च अधिकारीहरूसँग अनुरोध गरे।

images
images

उनले मन्त्रालयका सचिव, विभागीय प्रमुखसहितका उच्चअधिकारी सम्मिलित बैठकमा भने, 'लगातार आएको तीन दिनको वर्षाले काठमाडौं उपत्यकासहित मुलुकका धेरै भाग प्रभावित भइ खानेपानी प्रणालीलाई क्षति पुर्‍याएको छ, पानी व्यवस्थापन गर्नुपर्ने दायित्व हाम्रो मन्त्रालयको हो, यस विषम परिस्थितिमा युद्धस्तरमा खटिएर दसैँअघि खानेपानी प्रणाली पुनःस्थापित गर्न सम्बद्ध सबैलाई निर्देश गर्दछु।'

images
images

अविरल वर्षासहित आएको बाढीका कारण उत्पन्न हुनसक्ने हैजा रोगलगायतका महामारीबाट प्रभावित जनतालाई जोगाउन पानीको परीक्षणका लागि प्राविधिक टोली परिचालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे।

सो अवसरमा बागमती नदीमा आएको बहावका कारण सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानीको धमिलोपनले गर्दा प्रशोधन प्रक्रिया अवरुद्ध भई काठमाडौं उपत्यकाको खानेपानी आपूर्ति व्यवस्था अवरुद्ध भएको, ललितपुरको फर्पिङस्थित जलविद्युत् परियोजनामा पेनस्टक पाइप विस्फोट हुँदा पानी वितरण रोकिएको र सुन्दरीघाटस्थित इलेक्ट्रोमेकानिकल शाखामा रहेका महत्वपूर्ण उपकरण डुबेर क्षतिग्रस्त भएकोलगायत विषयमा छलफल भएको बताइएको छ। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८११२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend