शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

बाढीपहिरोमा परी ३० जनाको मृत्यु, १६२ स्थानमा भौतिक क्षति

images
शनिबार, असोज १२ २०८१
images
बाढीपहिरोमा परी ३० जनाको मृत्यु, १६२ स्थानमा भौतिक क्षति

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ।

images
images

काठमाडौं- अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौं उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ।

images
images
images

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ।

images
images

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।

images
images

एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ। सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्‍याफ्टिङ बोट परिचालन गरेको छ।

सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए। काठमाडौंमा नौ, ललितपुरमा नौ र काभ्रेपलाञ्चोक र भक्तपुरमा तीन-तीन, पाँचथर र धनकुटामा दुई-दुई, झापा र धादिङमा एक-एक जनाको मृत्यु भएको छ। 

भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीस्थित सुष्मा बीपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका  बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। रासस


प्रकाशित : शनिबार, असोज १२ २०८११३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend