शुक्रबार, जेठ ४ गते २०८१    
images
images

देउवा सरकारले मन्त्रीको सम्पत्ति विवरण लुकाउने

images
बिहीबार , पुस २९ २०७८
images
images
देउवा सरकारले मन्त्रीको सम्पत्ति विवरण लुकाउने

देउवा सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि विवादित हुने भयले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको व्यवस्था देखाउँदै लुकाउने भएको छ। 

images
images

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको बनेको सरकारका मन्त्रीहरूले सम्पत्ति सार्वजनिक नगर्ने भएका छन्।

images
images
images

सामान्यत: सरकारमा सहभागी मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्दै आएका थिए। पछिल्लोपटक केपी शर्मा ओली सरकारका मन्त्रीले समेत सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। तर देउवा सरकारमा सहभागी मन्त्री तथा प्रधानमन्त्री देउवाले आफै भने सम्पत्ति सार्वजनिक नगर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थले जानकारी दिए।

images

‘सम्माननीय प्रधानमन्त्री तथा माननीय मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुभएको छ' उनले भने, ‘सम्पत्ति विवरण प्राप्त भए पनि सार्वजनिक हुँदैन। कुनै मन्त्रीलाई सार्वजनिक गर्न मन लागेको अवस्थामा गर्न भने सक्नु हुन्छ। तर कानुनले सम्पत्ति सार्वजनिक गर्नुपर्छ भनेको छैन। सम्पत्ति गोप्य राख्न सकिने व्यवस्था छ।’

images
images

तर यसअघिका सबै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए। सार्वजनिक भएको सम्पत्ति विवरणकै आधारमा मिडियामा समाचार आउने गरेका थिए। समाचार प्रकाशन प्रसारण भएपछि असहज हुने भएपछि सम्पत्ति विवरण लुकाउने प्रधानमन्त्री तथा मन्त्रालयबाटै निर्देशन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का एक सचिवले बताए।

images
images

देउवा सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि विवादित हुने भयले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको व्यवस्था देखाउँदै लुकाउने भएको छ। 

कानूनले बाध्य नबनाए पनि लोकतान्त्रिक व्यवस्थामा नैतिकता र पारदर्शीताका लागि यसअघिका सरकारले मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए। यसअघिको एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो। विवरण सार्वजनिक गर्ने कुरा कानूनी नभएपनि नैतिक तथा प्रचलनको विषय बनिसकेको छ।

*शीर्षक परिवर्तन गरिएको  


प्रकाशित : बिहीबार , पुस २९ २०७८०६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend