शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

तनहुँमा स्ट्रबेरी खेतीको परीक्षण गरिँदै, गाउँपालिकाको लगानीमा कृषि सहकारीमार्फत खेती सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ४ २०८१
images
images
तनहुँमा स्ट्रबेरी खेतीको परीक्षण गरिँदै, गाउँपालिकाको लगानीमा कृषि सहकारीमार्फत खेती सुरु

गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा २ हजार २ सय ५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्। परीक्षणका रूपमा खेती गरिएको हो।

images
images

तनहुँ- ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका-७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो। 

images
images

गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा २ हजार २ सय ५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्। परीक्षणका रूपमा खेती गरिएको हो। 

images
images

तीन प्रजातिका बिरुवा रोपिएको छ। केहीमा रासायनिक र केहीमा जैविक मल हालेर बिरुवा रोपिएको बताउँदै उनले भने, 'कुनचाहिँ राम्रो हुन्छ परीक्षण गर्छौँ र त्यसैअनुरुप खेती विस्तार गर्नेछौँ।'

images
images
images

ऋषिङको हावापानी स्ट्रबेरीका लागि सुहाउँदो भएकाले प्रतिफल पनि राम्रो हुने प्राविधिक पण्डितको विश्वास छ। अपेक्षाअनुसार उत्पादन भएमा खेती विस्तार गरिने उनले बताए। रासस


प्रकाशित : शुक्रबार, असोज ४ २०८११०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend