बिहीबार , असोज ३ गते २०८१    
images
images

नेपालको पहिलो डिजिटल बैंक बन्दै एनआईसी एसिया

सरकारदेखि राष्ट्र बैंकसम्म 'लविङ' गर्दै तयारी तीब्र

images
मंगलबार, असोज १ २०८१
images
images
नेपालको पहिलो डिजिटल बैंक बन्दै एनआईसी एसिया

राष्ट्र बैंकले सञ्चालनमा ल्याउन खोजेको र एनआईसी एसिया बैंक रुपान्तरण हुन खोजेको डिजिटल बैंकिङ वाणिज्य बैंक वा सोभन्दा बृहत आकारको हुने अपेक्षा गरिएको छ।

images
images

काठमाडौं- एनआईसी एसिया बैंकले डिजिटल बैंकमा रुपान्तरण हुनेगरी तयारी अगाडि बढाएको छ। परम्परागत बैंकिङ प्रणालीबाट डिजिटल बैंकिङतर्फ अगाडि बढ्नेगरी बैंकले आफ्नो प्रविधिमा व्यापक परिवर्तन गरिरहेको छ। 

images
images
images

हाल प्रतिनिधिसभामा विचाराधीन बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) पारित भएपछि डिजिटल बैंकको इजाजत दिने प्रकृया अगाडि बढ्ने छ। डिजिटल बैंकको इजाजत लिनका लागि एनआईसी एसिया बैंकले आफ्नो सक्रियतालाई तीब्रता दिएको छ। 

परम्परागत बैंकिङका रुपमा गरिरहेको कामबाट अगाडि बढेर एनआईसी एसिया बैंक आफूलाई रुपान्तरण गर्ने बाटोमा जान लागेको हो। डिजिटल बैंकमा रुपान्तरण हुनेगरी पूर्वाधार निर्माण भइरहेको बैंक स्रोतले जानकारी दिएको छ। 

'नेपालको पहिलो डिजिटल बैंक बन्नेगरी एनआईसी एसिया बैंकले आफ्नो तयारी अगाडि बढाएको छ। आफ्नो वित्तीय सूचकहरूमा सुधार गर्दै सूचना प्रविधिमार्फत नयाँ फड्को मार्नेगरी डिजिटल बैंकको तयारीमा एनआईसी एसिया बैंक अगाडि बढेको छ। बाफिया संसदबाट पारित भएपछि डिजिटल बैंकको लाइसेन्स खुलेसँगै एनआईसी एसिया नयाँ रणनीतिसाथ डिजिटल बैंकको रुपमा अगाडि आउने छ', बैंक स्रोतले भन्यो। 

images

परम्परागत बैंकिङबाट भइरहेको कामभन्दा अगाडि बढेर एनआईसी एसिया बैंक डिजिटल बैंकको रुपमा सशक्त भएर आउने तयारी गरिरहेको हो। बैंकले डिजिटल प्रणालीमा सुधार गर्दै साइबर सेक्युरिटीमा पछिल्लो समय लगानी बढाइरहेको छ। 

एनआईसी एसिया बैंकले सम्पूर्ण बैंकिङ सेवा डिजिटल माध्यमबाट गर्ने भन्दै कोभिडको समयदेखि नै आइसर्भ प्रणाली सञ्चालनमा ल्याइरहेको छ। केवाईसी अपडेटदेखि मोबाइल बैंकिङका सम्पूर्ण सुविधाहरू अनलाइनको माध्यमबाटै दिइरहेको छ।

दोस्रो पटक आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा बेस्ट इन डिजिटल बैंकिङ अवार्ड प्राप्त गरेको विषयमा जानकारी दिँदै एनआईसी एसिया बैंकले पहिलो डिजिटल बैंकमा रुपान्तरणको तयारी भएकोसमेत उल्लेख गरेको छ। 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिकरुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्प्रेरणा प्रदान गरेको उल्लेख गरिएको छ।

यस्तै यस बैंकले धितो लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत बैंकले लिलाम-बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण सूचनाको जानकारी दिने उल्लेख गरेको छ। 

सरकारले डिजिटल बैंकिङ सञ्चालनमा ल्याउने घोषणा गरेपनि यसको सञ्चालन प्रक्रिया, पुँजी, काम कर्तव्य अधिकार, प्रविधि लगायतका विषयमा राष्ट्र बैंकले कुनै पनि ठोस नीति अगाडि ल्याएको छैन।

यद्यपी राष्ट्र बैंकले अध्ययन गरिरहेको क्राउड फण्डिङ र पीटूपी ल्याण्डिङ डिजिटल बैंकिङकै अवधारणा भएको बताइएको छ।

यस्तै राष्ट्र बैंकले अध्ययन गरिरहेको सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) नामक डिजिटल मुद्राबाट बैंकिङ कारोबार गर्ने बताइएको छ। यस्तै डिजिटल बैंकले अनलाइन प्रणालीका माध्यमबाट निक्षेप संकलन र कर्जा दिनसक्ने गरी अवधारणा अगाडि ल्याइने बताइएको छ। 
कतिपय बैंकहरूले आफूले सञ्चालनमा ल्याएको मोबाइल बैंकिङको एप्लिकेसनलाई नै डिजिटल बैंकको रुपमा परिभाषित गरिरहेका छन्। उनीहरूले तलब खाताका आधारमा २ देखि ५ लाखसम्मको कर्जा मोबाइल बैंकिङबाटै दिनसमेत थालेका छन्। तर राष्ट्र बैंकले सञ्चालनमा ल्याउन खोजेको र एनआईसी एसिया बैंक रुपान्तरण हुन खोजेको डिजिटल बैंकिङ वाणिज्य बैंक वा सोभन्दा बृहत आकारको हुने अपेक्षा गरिएको छ। 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन पारित भएसँगै डिजिटल बैंकको अवधारणाले थप प्रष्टता पाउँदै जाने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।


प्रकाशित : मंगलबार, असोज १ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend