शनिबार, मंसिर २९ गते २०८१    
images
images

बाख्रापालनमा उदाहरणीय काम गरिरहेका रेसबहादुर, राम्रो छ आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २८ २०८१
images
images
बाख्रापालनमा उदाहरणीय काम गरिरहेका रेसबहादुर, राम्रो छ आम्दानी

'घरमा भएका खरी जातका आठवटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका एक-एकवटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ'

images
images

स्याङ्जा- हरिनास गाउँपालिका-५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन्।

images
images
images

विसं २०७४ मा वडासदस्य रहेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका थिए।

images

परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा ८५ हजार लगानी गरेर व्यवसाय सुरु गरेको बताए।

images

'घरमा भएका खरी जातका आठवटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका एक-एकवटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ', उनले भने, 'अहिले फार्ममा ७३ वटा बाख्रा छन्।' किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा ३ लाख ५० हजार आम्दानी गर्दै आएको बताए।

उनले १६ रोपनी जग्गामा केराखेती पनि गरेका छन्। 'केराखेतीबाट वार्षिक एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएको छु। यो वर्ष दुई सय ९२ केराका बोट हावाले ढाल्यो', उनले भने।

अरूलाई यो गर्नुपर्छ भन्नुभन्दा आफैँले गरेर देखाउनुपर्छ भन्ने सोचसहित बाख्रा पालेको उनले बताए। उनको फार्ममा खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म १५ लाख रुपैयाँ लगानी भएको छ। उनको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन्। 

'अहिले व्यवसाय राम्रो हुँदै गएको छ। उत्पादन गर्न सके बजारको समस्या छैन।  खसीबोका पोखरा पठाउँछु', किसान क्षेत्रीले भने। चरन क्षेत्रको समस्या छैन। ' यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन्। एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ।

'व्यवसायबाट सन्तुष्ट छु। बाख्रापालन र केराखेतीबाट मासिक रु एक लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ', उनले भने, 'मालिक बन्छु भन्ने सोच राखियो भने प्रगति हुँदैन। आफू सक्रिय भएर व्यवसाय थाल्ने हो भने सफल बन्न सकिन्छ, विदेश जानुपर्दैन।' सरकारबाट अनुदान  नलिएको उनले बताए। नगद नभइ दानापानीमा अनुदान दिनुपर्नेमा उनको जोड छ।

क्षेत्रीले बाख्रा र केरा बेचर बुटवल, सुनवल, चितवन, मिर्दी भिमाद सडकमा घडेरी किनेको बताए। उनले गाउँमा गाह्रोसाह्रो पर्नेलाई दिएको ७५ लाख रुपैयाँसम्म पुगेको बताए।

गाउँपालिकाका कृषि अधिकृत हरिप्रसाद गैह्रेले पालिकाले किसानलाई निःशुल्क उपचार तथा औषधि वितरण, परामर्श, घाँसका बीउ वितरणलगायत सहयोग गर्दै आएको बताए। 'गत वर्ष दुईवटा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन थिए। त्यतिबेला २८ वटा शुद्ध बोयर बीउ बोका वितरण गरियो। तीन सयभन्दा धेरै कुखुराका चल्ला पनि वितरण गरियो। यो वर्ष पनि किसानका मागका आधारमा काम गर्छौँ' उनले भने। रासस


प्रकाशित : शुक्रबार, भदौ २८ २०८११०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend