शनिबार, असोज ५ गते २०८१    
images
images

कसरी लोकप्रिय भयो एप्पल इभेन्ट?

images
सोमबार, भदौ २४ २०८१
images
images
कसरी लोकप्रिय भयो एप्पल इभेन्ट?

टचस्क्रिन स्मार्टफोन एप्पलले ल्याएपछि संसारको मोबाइल सञ्चारको दुनियाँ नै फेरियो। प्रत्येक वर्ष एप्पलले आफ्नो इभेन्टमा केही न केही नयाँ ल्याउँछ जुन अरुभन्दा भिन्न हुन्छ भन्ने छाप मान्छेहरुमा पर्दै गयो।

images
images

काठमाडौं- कुनै खेलकुद प्रतियोगिता समारोह, संगीत महोत्सव वा चलचित्रको प्रिमियरले जति धेरै ध्यान तान्छन् ठीक त्यसैगरी व्यापारिक वस्तुको प्रदर्शनीले खासै ध्यान तान्न सक्दैन थिए। विज्ञानकै चामत्कारिक खोजको परिणाम नै किन नहोस् त्यसको भव्य समारोह हुने कुरै भएन र त्यसको विश्वव्यापी आकर्षण हुने कुरा पनि भएन। 

images
images
images

यी सबैमा अमेरिकी प्रविधि कम्पनी एप्पलले भने फरक छाप छाडेको छ। उत्कृष्टताको पहिचान बनाइसकेको एप्पल अहिले जति लोकप्रिय छ त्यसका पछाडि उत्पादनमा हुने विशेषतासँगै त्यसको स्टोरीटेलिङ पनि एउटा कारण हो।

व्यावसायिक विज्ञापन छाडेर आधिकारिक स्टोरीटेलिङ गरेर ब्रान्डिङको संस्कृति पछ्याएको एप्पलले अहिलेसम्म यसालाई जारी राखेको छ। 

संसारकै मूल्यवान कम्पनीमा पर्ने एप्पल आफै विविध उतारचढावबाट गुज्रिएको थियो तर यसले वर्षमा आफ्ना उत्पादन सार्वजनिक गर्दा भव्य समारोह आयोजना गर्ने र त्यसलाई धेरैभन्दा धेरै मान्छेमा विस्तार गर्ने रणनीति सुरूदेखि अपनाएको थियो। 

images

सन् १९८४ मै यसले आफ्नो कम्युटर सार्वजनिक गरेको थियो। यस्तै भव्य समारोह आयोजना गरेर। अहिले वर्षमा धेरैथरी इभेन्ट आयोजना गर्दै आएको एप्पलको फ्ल्याकसिप इभेन्ट भने एप्पल इभेन्टका नामले चिनिन्छ। सधैँजस्तो शुक्रबार आयोजना गर्दै आएको यस्तो इभेन्ट यो वर्षको सेप्टेम्बरमा भने आज सोमबार हुँदैछ। नेपाली समयअनुसार राति पौने ११ बजे यो इभेन्ट आयोजना हुँदैछ। 

एप्पलको मुख्य उत्पादन आईफोनको लाइअप सार्वजनिक गर्ने यो इभेन्ट यति लोकप्रिय छ कि लाखौँले प्रत्यक्ष हेर्छन्। आईफोन १३ सार्वजनिक इभेन्टमा २५ लाख ६० जारसम्म प्रत्यक्ष दर्शक पुगेका थिए। एप्पललाई पछ्याएर अहिले अरु कम्पनीले पनि यस्तो इभेन्ट आयोजना गर्छन् जसमा सासमङको दर्शक ६ लाखसम्म पुगेका छन् भने गुगलको पनि खासै उल्लेख्य छैन। 

एप्पल इभेन्टप्रति भने असाधारण चासो छ। कुनै पनि उत्पादनप्रति यति धेरै चासो जागृत हुनुका पछाडि विभिन्न कारण रहेका छन्। 

सबैभन्दा मुख्य कुरा त एप्पल भनेकै अन्वेषणको जननी मानिन्छ। यसको सुरुवात त २१ औँ शताब्दीको पहिलो वर्ष नै भइसकेको थियो। सन् २००१ मा एप्पलले पहिलोपटक आईपड सार्वजनिक गरेर संगीतको दुनियामा तहल्का पिटेको थियो। म्युजिक सीडी तथा क्यासेट राखेर सुन्ने जमानामा एप्पलले डिजिटल डिभाइसबाट गीत सुन्ने उपकरण ल्याएको थियो। 

त्यसपछि जब सन् २००७ मा आईफोन सार्वजनिक गर्‍यो त्यो त कोशेढुंगा नै भयो। संसारमा अहिले जति सूचना प्रविधिमा जनताको पहुँच विस्तार भएको छ त्यो त्यही अन्वेषणबाट सुरू भएको थियो। तत्कालीन सीईओ स्टीभ जब्सले ‍त्यतिबेला भनेका ‘थिए हामीले कम्प्युटर र मोबाइल एकै ठाउँमा ल्याएका छौँ।’ त्यतिबेलै त भएन सायद तर अहिले त्यो सबै सम्भव भइसकेको छ। 

Screenshot 2024-09-09 at 12.49.22.png

टचस्क्रिन स्मार्टफोन एप्पलले ल्याएपछि संसारको मोबाइल सञ्चारको दुनियाँ नै फेरियो। प्रत्येक वर्ष एप्पलले आफ्नो इभेन्टमा केही न केही नयाँ ल्याउँछ जुन अरुभन्दा भिन्न हुन्छ भन्ने छाप मान्छेहरुमा पर्दै गयो।

पछिल्लो समय एप्पलले सन् २०१४ मा वाच ल्यायो। त्यसपछि भने एप्पलले चिस्प तथा क्लाउडमा बाहेक उल्लेख्य अन्वेषण भने गरेको छैन।

एप्पलका प्रयोगकर्ताको संख्या संसारमा ठूलो रहेको छ। त्यो पनि इकोसिस्टम। एप्पल इकोसिस्टमा रहेकाहरू के नयाँ आउँछ भन्ने चासो एकातिर हुन्छ भने अर्कोतिर प्रविधिमा चासो हुनेहरूलाई एप्पलले नयाँ के ल्याउँछ भन्ने चासो हुन्छ। 

उत्पादन र यो लोयल्टीका पछाडि एप्पलका दुई सीईओको मुख्य भूमिका छ। इभेन्टमा जसरी कथा वाचन गर्छन्, जसरी उनीहरूले कम्पनीको संस्कृति र छविलाई प्रस्तुत गर्छन् त्यसले दर्शकमा रुचि जागृत गर्छ।


प्रकाशित : सोमबार, भदौ २४ २०८११८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend