शनिबार, असोज १९ गते २०८१    
images
images

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २१ २०८१
images
images
बकैयाको डाँडामा सडक ट्रयाक खोलियो

कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा मकवानपुर र चितवनका ५० किलोमिटर सडक कालोपत्र गरेको छ। सो कार्यालयका अनुसार आव २०८०/८१ मा मकवानपुरमा २८ किलोमिटर र चितवनका २२ किलोमिटरमा कालोपत्र गरिएको हो।

images
images

बागमती- मकवानपुरको बकैया गाउँपालिका-१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको छ।

images
images
images

वर्षौँदेखि बाटोघाटोको समस्या भोग्दै आएका स्थानीयवासीको सुविधाका लागि सहरी विकास तथा भवन कार्यालय मकवानपुरले एक किलोमिटर नयाँ ट्रयाक खोलेको हो। 

जितपुर-फेदी सडक सञ्चालनका लागि ट्रयाक खोलिएको कार्यालय प्रमुख इञ्जिनियर भूमिनन्द ढकालले जानकारी दिए। नयाँ ट्रयाक खोलिएसँगै सो क्षेत्रवासीलाई सदरमुकाम हेटौँडालगायत बजार आवतजावत गर्न सहज भएको छ।

images

'डाँडामा बस्ती छ, तर बाटोघाटो नहुँदा हामी असाध्यै समस्यामा थियौँ', बकैया गाउँपालिका-१२ का नीरज घलानले भने, 'अब बाटोका लागि ट्रयाक खोलिएपछि आवतजावत गर्न सहज भएको छ।' यस सडकलाई हेटौँडासम्म जोडिदियो भने सधैँका लागि समस्या समाधान हुने उनको भनाइ छ। 

images

सो कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा मकवानपुर र चितवनका ५० किलोमिटर सडक कालोपत्र गरेको छ। सो कार्यालयका अनुसार आव २०८०/८१ मा मकवानपुरमा २८ किलोमिटर र चितवनका २२ किलोमिटरमा कालोपत्र गरिएको हो। ती दुवै जिल्लाका २५ वटा सडकमा कालोपत्र गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिए। 

उनका अनुसार सो आवमा मकवानपुर र चितवनमा निर्माणाधीन चारवटा कल्भर्टको निर्माण सम्पन्न भएको छ। पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आव २०८०/८१ मा चितवनको माडी र रत्ननगरमा दुईवटा पार्कसमेत निर्माण गरिएको प्रमुख ढकालले बताए। रासस 


प्रकाशित : शुक्रबार, भदौ २१ २०८११३:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend