सोमबार, असोज ७ गते २०८१    
images
images

अवरुद्ध डुम्रे-बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

images
आइतबार, भदौ १६ २०८१
images
images
अवरुद्ध डुम्रे-बेँसीसहर सडक एकतर्फी सञ्चालनमा
फाइल तस्बिर

लमजुङ र मनाङवासी यस खण्ड हुँदै तनहुँ-काठमाडौं-पोखरालगायत स्थानमा जाने र आउने गर्दछन्।

images
images

लमजुङ- पहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ।

images
images
images

यस खण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-१ उदिपुरमा वर्षासँगै पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै अहिले एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी थानेश्वर चपाईँले सडक माथिबाट आएको ढुंगामाटोसहितको पहिरो जेसिबीको सहायताले हटाएर एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिए। सडक एकतर्फी रुपमा सञ्चालनमा आए पनि पानी निरन्तर परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन उनले आग्रह गरे।

उक्त स्थानमा सबैभन्दा बढी पहिरो जाने भएकाले जोखिमयुक्त ठाउँका रुपमा मानिएको प्रहरीले जनाएको छ।

images

यहाँ विगत तीन वर्षदेखि बर्सेनि पहिरो जाने गरेको छ। संघीय सरकारको करिब ११ करोड रूपैयाँमा पहिरो रोकथामको प्रयास गर्दै आए पनि काम सम्पन्न भइनसकेकाले सो स्थानमा पहिरोको जोखिम कायम नै रहेको सूचना अधिकारी चपाईँले बताए।

लमजुङ र मनाङवासी यस खण्ड हुँदै तनहुँ-काठमाडौं-पोखरालगायत स्थानमा जाने र आउने गर्दछन्। रासस


प्रकाशित : आइतबार, भदौ १६ २०८११३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend