आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

रुख ढल्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १६ २०८१
images
रुख ढल्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

यसैबीच नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन्।

images
images

चितवन- भरतपुर महानगरपालिका-१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।  

images
images
images

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ। सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए।

images
images

यसैबीच नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन्। भरतपुर महानगरपालिका-२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन्।

images
images

मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो। ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। घाइते सबैको अवस्था मध्यम छ। उनका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ।

यस्तै सोही सडकखण्डमा तीनवटा सवारीसाधन ठक्कर खाएका छन्।

भरतपुर महानगरपालिका-२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३-००१च १७७० नम्बरको जिप र ग२च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो। ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको छ। रासस


प्रकाशित : आइतबार, भदौ १६ २०८११०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend