आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

मुस्ताङको कोवाङमा खेलमैदान निर्माण

images
शनिबार, भदौ १५ २०८१
images
मुस्ताङको कोवाङमा खेलमैदान निर्माण

प्रदेश सरकारको १७ लाख ५० हजार रूपैयाँ बजेटमा भलिबल खेलमैदान र प्यारापिट निर्माण गर्नुका साथै फराकिलो बनाएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिए।

images
images

म्याग्दी- मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङमा खेलमैदान निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो।

images
images
images

प्रदेश सरकारको १७ लाख ५० हजार रूपैयाँ बजेटमा भलिबल खेलमैदान र प्यारापिट निर्माण गर्नुका साथै फराकिलो बनाएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिए।

images
images

'आरसिसी ढलान गरेर भलिबलको कोर्ट र एकसय मिटर लामो प्यारापिट बनाएका छौँ', उनले भने, 'यसअघि ५० मिटर लम्बाइ भएको खेलमैदानलाई विस्तार गरेर एक सय मिटर लामो बनाइएको छ।'

images
images

खेलमैदान निर्माणपछि धुलो र हिलोमा खेल अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था हटेको धवलागिरि युवा क्लबका अध्यक्ष मनप्रसाद गौचनले बताए। फुर्सदको समयमा युवायुवतीलाई खेल अभ्यास गर्न सजिलो भएको छ। प्रतियोगिता आयोजना गर्न पनि सहज हुने गौचनले बताए।

गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले व्यवस्थित खेलमैदान अभावमा खेल प्रतिभाले अभ्यास र प्रतिभा प्रस्फुटन गर्न नपाएकाले प्रदेश सरकारमा पहल गरेर गत आर्थिक वर्ष २०८०/८१ मा बजेट व्यवस्थापन गरी कोवाङमा खेलमैदान निर्माण गरेको बताए।

गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक खेलमैदान कार्यक्रममार्फत गत वर्ष जोमसोमको खेलमैदानको २५ वर्षपछि स्तरोन्नति गरिएको पनि सांसद गौचनले बताए। रासस


प्रकाशित : शनिबार, भदौ १५ २०८११३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend