आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

अमेरिकी डलर र युरोको भाउ घट्यो

images
शनिबार, भदौ १५ २०८१
images
अमेरिकी डलर र युरोको भाउ घट्यो

आज पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७७ रूपैयाँ २४ पैसा रहेको छ।

images
images

काठमाडौं- शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ।
 
नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रूपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रूपैयाँ ४९ पैसा रहेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रूपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रूपैयाँ ५० पैसा रहेको थियो।

images
images
images

त्यस्तै हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ। शुक्रबार एक युरोको खरिददर एक सय ४८ रूपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रूपैयाँ २५ पैसा कामय रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४९ रूपैयाँ ०६ पैसा कामय भएको छ।

images
images

आजको विदेशी मुद्रा विनिमय दरअनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७७ रूपैयाँ २४ पैसा रहेको छ। त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ४२ पैसा रहेको छ। यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ २३ पैसा कायम भएको छ।

images
images

जापानी येन १० को खरिददर नौ रूपैयाँ २२ पैसा र बिक्रीदर नौ रूपैयाँ २६ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९७ पैसा कायम भएको छ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८४ पैसा तोकिएको छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९० पैसा रहेको छ।

आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९५ पैसा र बिक्रीदर तीन रूपैयाँ ९७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६२ पैसा रहेको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रूपैयाँ १३ पैसा रहेको छ। साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ चार पैसा र बिक्रीदर १० रूपैयाँ नौ पैसा कायम भएको छ।

स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ०८ पैसा र बिक्रीदर १३ रूपैयाँ १४ पैसा रहेको छ। त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८९ पैसा र बिक्रीदर १९ रूपैयाँ ९८ पैसा रहेको छ।
 
आज हङकङ डलर एकको खरिददर १७ रूपैयाँ १७ पैसा र बिक्रीदर १७ रूपैयाँ २५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर चार सय ३८ रूपैयाँ र बिक्रीदर चार सय ४० रूपैयाँ २९ पैसा रहेको छ। त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रूपैयाँ २१ पैसा र बिक्रीदर तीन सय ५६ रूपैयाँ ८० पैसा रहेको छ।
 
राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्न सक्नेछ। रासस


प्रकाशित : शनिबार, भदौ १५ २०८१११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend