शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

तराईमा उत्पादन परीक्षणका लागि रोपियो नौ जातका कोदो

images
बुधबार, भदौ १२ २०८१
images
images
तराईमा उत्पादन परीक्षणका लागि रोपियो नौ जातका कोदो

रोपिएका कोदोमध्ये सबैभन्दा राम्रो कोदो किसानलाई रोप्न प्रेरित गरिने सामुदायिक जिन बैंक कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिए।

images
images

नेपालगञ्ज- बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ। 

images
images

राष्ट्रिय जिन बैंकको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैंक कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिए। 'करिब दुई कट्ठा क्षेत्रफलमा अलग-अलग प्लट बनाएर नौ जातका कोदोको परीक्षण गर्न कोदो रोपिएको छ', संयोजक बस्नतेले भने।

images
images

गएको साउन १६ गते कोदोको बीउ राखेर केही दिनअघि मात्रै कोदो रोपिएको हो। नौ जातका कोदो रोपिएको र सोमध्ये सबैभन्दा राम्रो कोदो किसानलाई रोप्न प्रेरित गरिने उल्लेख गर्दै उनले पूर्वी तराईका जिल्लामा सफल भएका स्थानीय जातको परीक्षण सुरु भएको बताए।

images
images

राष्ट्रिय जिन बैंका प्राविधिक अधिकृत प्रदीप थापाले रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण भएको उल्लेख गरे। परीक्षण गरिएका नौमध्ये पाँच जिन बैंकले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका र अन्य दुई किसानका जात रहेका छन्।

अहिले लगाएको कोदोको प्रतिफल मङ्सिरसम्म आउने बताइएको छ। विसं २०७८ मा चिसापानीको गाभरमा सरकारले पहिलो सामुदायिक जिन बैंक स्थापना गरेको थियो।

गाभरमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको घरबास सञ्चालक संघका महासचिव कृष्ण चौधरीले बताए। उनले हालसम्म नार्कले तराईमा समेत लगाउन सक्ने कोदोको जातको विकास गरेको बताए। रासस


प्रकाशित : बुधबार, भदौ १२ २०८११३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend