बुधबार, असोज ९ गते २०८१    
images
images

इनरुवाका गाईपालक किसानलाई दुहुने मेसिन

images
मंगलबार, भदौ ११ २०८१
images
images
इनरुवाका गाईपालक किसानलाई दुहुने मेसिन

स्थानीय इनरुवा नगरपालिकाले अन्य दुई जनासहित उनलाई पनि गाई दुहुने मेसिन प्रदान गरपछि सहज भएको छ।

images
images

इनरुवा- सुनसरीको इनरुवाका गाईपालक किसान अनिल यादवको कृषि फर्ममा १० वटाभन्दा बढी गाई छन्। विगतमा उनलाई ती गाई दुहुन निकै समस्या थियो। 'एकै गाई दुहुन २० मिनेटभन्दा बढी समय लाग्थ्यो। सरसफाइको विषयमा उपभोक्ताहरूले पनि प्रश्न गर्थे तर अचेल भने केही सहज हुँदैछ', उनले भने।

images
images
images

स्थानीय इनरुवा नगरपालिकाले अन्य दुई जनासहित उनलाई पनि गाई दुहुने मेसिन प्रदान गरपछि सहज भएको हो। नगरपालिकाले नगर क्षेत्रभित्रमा रहेका तीनजना व्यावसायिक पशुपालक किसानलाई केही दिनअघि मेसिन प्रदान गरिएको जनाएको छ।

नगरपालिका प्रमुख केदार भण्डारीले गाई फार्म व्यवस्थित गर्न र दूध उत्पादन बढाउने उद्देश्यअन्तर्गत ५० प्रतिशत अनुदानमा मेसिन सहयोग गरिएको जानकारी दिए।

'गोठ तथा फार्ममा १० भन्दा बढी गाईपालन गर्ने किसानलाई छनोट गरिएको थियो। हातले दुहुदा ढिलो हुने र सरसफाइलगायत समस्या हुने गरेको गुनासोपछि पहिलो पटक व्यावसायिक किसानलाई मेसिन दिएका हौँ', उनले भने।

images

नगर पशु शाखा प्रमुख डा राजकुमार यादवले समय लागत घटाउने,  सजिलै गरी बढी र सफा दूधसमेत दुहुन मेसिनबाट सहयोग पुग्ने बताए।

मेसिन प्राप्त भएपछि गाई दुहुन सहज भएको स्थानीय किसान राजेश्वर यादवले बताए। मेसिन पाएपछि विगतमा गाई दुहुदा भोगेका समस्या समाधान गर्न सहज भएको उनी खुसी छन्।

'केही दिनअघि मात्रै मेसिन पाएका छौँ। पहिले एउटा गाई दुहुन कम्तीमा २० मिनेट समय लाग्थ्यो, त्यसमा केही सहज भएको छ। गाई दुहुन लाग्ने समय बचत भएपछि थप अरु काम गर्न सहज हुने अपेक्षा छ', कृषक यादवले भने। रासस


प्रकाशित : मंगलबार, भदौ ११ २०८११३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend