शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

मागअनुसार मत्स्य विकास केन्द्रले माछाका भुरा उत्पादन गर्न सकेन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ १० २०८१
images
images
मागअनुसार मत्स्य विकास केन्द्रले माछाका भुरा उत्पादन गर्न सकेन

केन्द्रले ग्रास, सिल्भर, कमन, बिगहेड, रहु, नैनी र भाकुर जातका ह्याचलिङ, फ्राइ, फिगरलिङ, एडभान्स फिगरलिङ र इयरलिङ साइजका भुरा सहुलियत दरमा किसानलाई बिक्री गर्दै आएको छ।

images
images

कैलाली- गोदावरी नगरपालिका-५ गेटास्थित मत्स्य विकास केन्द्रले गत आर्थिक वर्षमा ४ करोड २४ लाख माछाका भुरा बिक्री गरेको छ।

images
images

गत आव २०८०/८१ मा सिल्भर र विगहेड जातका माछा दुई सय २४ किलो, कमन, ग्रास, रहु, नैनी र भाकुर जातका सात सय ५२ किलो माछा बिक्री गरेको केन्द्रले जनाएको छ। माछा, भुरा उत्पादन बिक्री गरेर रु ५३ लाख ६२ हजार आम्दानी गरेको केन्द्रका सूचना अधिकारी सरोजराज रेग्मीले बताए। 

images
images

केन्द्रले ग्रास, सिल्भर, कमन, बिगहेड, रहु, नैनी र भाकुर जातका ह्याचलिङ, फ्राइ, फिगरलिङ, एडभान्स फिगरलिङ र इयरलिङ साइजका भुरा सहुलियत दरमा किसानलाई बिक्री गर्दै आएको छ।

images
images

केन्द्रबाट सुदूरपश्चिमका नौ जिल्ला एवं बर्दिया, सुर्खेत, दाङसम्मका किसानले भुरा खरिद गर्ने गरेका छन्। भुरासँगै विभिन्न जातका माछा पनि उत्पादन गरी केन्द्रले बिक्री गर्दै आएको सूचना अधिकारी रेग्मीले जानकारी दिए।

माछापालन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको केन्द्रले प्रतिगोट २५ पैसादेखि ७५ पैसासम्म किसानलाई उपलब्ध गराउँदै आएको जनाएको छ।

केन्द्रले अघिल्लो आव २०७९/८० मा भुरा बिक्री गरेर ५२ लाख आम्दानी भएको जनाएको छ। मत्स्य विकास केन्द्रले वार्षिक करोडौँको सङ्ख्यामा भुरा उत्पादन गरे पनि किसानको मागलाई पुर्याउन नसकिएको सूचना अधिकारी रेग्मीको भनाइ छ।
 
केन्द्रमा रहेको पुरानो संरचना र जनशक्ति अभावका कारण माछाका भुरा उत्पादन बढाउन सकेको छैन। माछाको भुरा उत्पादन गर्न थप ह्याचरी, जनशक्ति र केमिकलको व्यवस्था गर्न आवश्यक रहेको केन्द्रले जनाएको छ।

पुराना पोखरीको मर्मत, नयाँ पोखरी निर्माण र नयाँ ह्याचरी थप गर्नसके मागको ७५ प्रतिशत भुरा उपलब्ध गराउन सकिने रेग्मीले बताए।

मत्स्य विकास केन्द्रको २० बिघा जमिनमध्ये १२ बिघामा मात्र पोखरी बनाइएको छ। ती पोखरीमा पालिएका माउ माछाबाट केन्द्रले फागुनदेखि भदौसम्म प्रजनन गराएर सात जातका भुरा उत्पादन गर्दै आएको छ। रासस


प्रकाशित : सोमबार, भदौ १० २०८१०९:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend