आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

नेपाल पुनर्बीमा कम्पनीको साधारणसभामा हकप्रदको प्रस्ताव नै गएन, सेयरधनीले १९ प्रतिशत लाभांश कहिले पाउँछन्? 

images
बिहीबार , पुस २२ २०७८
images
नेपाल पुनर्बीमा कम्पनीको साधारणसभामा हकप्रदको प्रस्ताव नै गएन, सेयरधनीले १९ प्रतिशत लाभांश कहिले पाउँछन्? 
images
images

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीले छैटौँ वार्षिक साधारणसभाले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। कम्पनीले सेयरधनीलाई १६ दशमलव ५० प्रतिशत सेयर लाभांश र २ दशमलव ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको हो।  

images
images
images

हकप्रद दिने चर्चा चले पनि साधारणसभामा उक्त प्रस्ताव भने लगिएन। पुँजी विस्तारमा कम्पनीले हकप्रद दिने चर्चा चलेको थियो।

images
images

अब पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउने छन्। बीमा समितिले सैद्धान्तिक सहमति दिइसकेको र पारित प्रस्ताव समितिले सदर गरेपछि लगानीकर्ताको खातामा आउने छ। 

images
images

आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरको छ भने आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

साथै संस्थागत लगानीकर्ताको तर्फबाट सञ्चालक समितिमा दिप प्रकाश पाण्डे र सुनिल बल्लभ पन्त निर्विरोध निर्वाचित भएका छन्।


प्रकाशित : बिहीबार , पुस २२ २०७८१३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend