शनिबार, असोज १२ गते २०८१    
images
images

अलैँची र सुन्तला उत्पादन बढाउन सङ्खुवासभा र भोजपुरमा सुपर जोन कार्यक्रम

images
शनिबार, भदौ १ २०८१
images
images
अलैँची र सुन्तला उत्पादन बढाउन  सङ्खुवासभा र भोजपुरमा सुपर जोन कार्यक्रम
फाइल तस्बिर

उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोजपुरका ६ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए।

images
images

सङ्खुवासभा- कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले ६ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ। सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो।

images
images
images

उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोजपुरका ६ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए। अलैँची सुपर जोनतर्फ २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोनतर्फ छ सय ८७ हेक्टरमा कार्यक्रम लागु गरिएको उनले बताए।

सुपर जोन क्षेत्रमा अलैँची र सुन्तला उत्पादन बढाउन यो वर्ष सिँचाइ पूर्वाधार र सुधारिएको आधुनिक अलैँची भट्टी निर्माण कार्यक्रम राखिएको परियोजना एकाइ प्रमुख गुरुङले उल्लेख गरे। परियोजनाका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ २० लाख र चालुतर्फ चार करोड ४७ हजार रूपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले चालु आवमा सिँचाइ पूर्वाधार, सुधारिएको आधुनिक भट्टी निर्माण र जडान कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको एकाइ प्रमुख गुरुङले बताए।

images

सिँचाइ पूर्वाधार निर्माण गर्न ७० लाख रूपैयाँ, सुधारिएको आधुनिक भट्टी निर्माण र जडानमा ४६ लाख रूपैयाँ, अलैँची बाली प्राथमिक प्रशोधन उद्योग स्थापना गर्न २५ लाख रूपैयाँ, सुन्तलाको भण्डारण गर्न मिनि चिस्यान केन्दै स्थापना कार्यक्रमका लागि २१ लाख रूपैयाँ र सुन्तला बालीको क्षेत्र विस्तारमा २१ लाख रूपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए। चालु आवमा अन्य २४ कार्यक्रमसमेत पारित भएका छन्।

अलैँची सुपन जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहअन्तर्गत ३२ वडा र भोजपुरका छ स्थानीय तहअन्तर्गत ३० वडामा सञ्चालन गरिएको मा छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले अलैँची, सुन्तला, धान, मकै, गँहु, आलु, सागसब्जी र माछालगायत कृषि क्षेत्रमा किसानलाई सहयोग पुर्‍याउँदै आएको छ। रासस


प्रकाशित : शनिबार, भदौ १ २०८११४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend