शनिबार, असोज १२ गते २०८१    
images
images

व्यावसायिक लोठसल्ला खेतीमा भोजपुरका किसान आकर्षित

images
शनिबार, भदौ १ २०८१
images
images
व्यावसायिक लोठसल्ला खेतीमा भोजपुरका किसान आकर्षित

यहाँको आमचोक गाउँपालिका २ मा सात  कृषक मिलेर व्यावसायिक रुपमा लोठसल्लाको खेती थालेका छन्।

images
images

भोजपुर- भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन्। मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन्। जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ।

images
images
images

यहाँको आमचोक गाउँपालिका २ मा सात  कृषक मिलेर व्यावसायिक रुपमा लोठसल्लाको खेती थालेका छन्। बसाइँसराइका कारण बाँझिदै गएको जमिनको सदुपयोग गर्ने लक्ष्यले करिब तीन सय रोपनी जमिनमा लोठसल्लाको व्यावसायिक खेती विस्तार गरेको कृषक सन्तोष चौलागाईँले बताए। हालसम्म १८ हजार विरुवा रोप्ने काम सम्पन्न भएको उनले जानकारी दिए।

भावी दिनमा यसलाई थप विस्तार गर्ने उद्धेश्य रहेको उनको भनाइ छ। 'सातजना कृषक मिलेर व्यावसायिकरुपमा तीनसय रोपनी जमिनमा लोठसल्ला खेती गरिरहेका छौँ', उनले भने, 'हालसम्म १८ हजार विरुवा विस्तार गरिसकेका छौँ। सुरुमा आफ्नै लगानीमा थालेको काममा राज्यको तर्फबाट पनि केहि सहयोग पाउँदा खुसी लागेको छ।'  

किसानलाई जडीबुटी पकेट क्षेत्र निर्धारण गरेर आवश्यक सहयोग गर्दै आएको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए। भोजपुरमा लोठसल्ला, सतुवा, चिराईतोलगायत जडीबुटीको राम्रो सम्भावना रहेकोले यसको विस्तारमा जोड दिएको उनको भनाइ छ। 'भोजपुरमा जडीबुटीको निकै राम्रो सम्भावाना छ',उनले भने, 'यहाँको सम्भावनाको पहिचान गरेर लोडसल्ला, सतुवा,चिराईतोको व्यावसायिक खेतीमा  प्रोत्साहन गर्दै आएका छौँ।'

images

आमचोक क्षेत्रमा किसानहरुले उहाहरणीय रुपमा लोठसल्लाको खेती गरिरहेको कार्यालयको भनाइ छ। किसानले स्वतस्फूर्त थालेको काममा केहि प्रोत्साहन गर्ने लक्ष्यले गत आर्थिक वर्षमा विरुवा खरिदको लागि चार लाख पाँच हजार सहयोग गरेको वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए। यहाँका किसानले थालेको लोठसल्ला खेती नमुनायोग्य रहेको उनको भनाइ छ। विशेष गरेर जिल्लामा भूगोल अनुसारको जडीबुटी खेतीमा जोड दिइएको कार्यालयको भनाइ छ।

जैविक विविधतासँगै क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा यसको पात तथा डाँठको प्रयोग हुने विज्ञहरुको भनाइ छ। यसको पातलाई चियाको रुपमासमेत प्रयोग गर्न सकिने वन कार्यालयको जनाएको छ। लोठसल्ला खेतीको लागि भोजपुरको आमचोक गाउँपालिका, टेम्केमैयुङ १ तिम्मा, वडा नं ५ खावा, वडा नं ९ लेखर्क तथा जिल्लाको माथिल्लो क्षेत्रमा बढी सम्भावना रहेको डिभिजन वन कार्यालयका सहायक बन अधिकृत खुद्रुस मियाले बताए। लोठसल्ला खेतीको लागि समुद्री सतहबाट दुई हजारदेखी तीन हजार पाँच सय मिटरसम्मको उचाइ उपयुक्त हुने उनको भनाइ छ।

लोठसल्ला बहुउपयोगी औषधीजन्य गुण भएको वनस्पति रहेकोले यसको खेती विस्तारमा जोड दिन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले बताए। किसानले जिल्लामा लोठसल्ला खेतीको लागि गरिरहेको काम नमूनायोग्य रहेको उनको भनाइ छ। यस्ता खालका कार्यक्रमले बाँझो तथा खाली जमिनको सदुपयोगसँगै किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्ने प्रमुख थुलुङले बताए।

'मैले पनि आमचोकमा भइरहेको लोठसल्ला खेतीको स्थलगत अनुगमन गरे', प्रमुख थुलुङले भने, 'किसानहरुले खेती विस्तारको लागि गरिरहेको काम उदाहरणीय छ। यसले बाँझो जमिनको सदुपयोगसँगै उनीहरुलाई आयआर्जनमा जोड्न टेवा पुग्ने देखिन्छ।' रासस


प्रकाशित : शनिबार, भदौ १ २०८१११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend