आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

राष्ट्र बैंकको एउटा निर्णय जसका कारण बैंकिङ प्रणालीमा एकै दिन थपियो ३० अर्ब निक्षेप 

images
बिहीबार , पुस २२ २०७८
images
राष्ट्र बैंकको एउटा निर्णय जसका कारण बैंकिङ प्रणालीमा एकै दिन थपियो ३० अर्ब निक्षेप 
images
images

काठमाडौं- स्थानीय तहको वाणिज्य बैंकका शाखामा रहेको सञ्चित कोषको ८० प्रतिशत रकमलाई बैंकमा निक्षेपको रुपमा गणना हुन थालेपछि तरलताको समस्या समाधान उन्मुख देखिएको छ। 

images
images
images

जसका कारण बैंकहरूको सीडी रेसियो ९० प्रतिशतभन्दा तल आएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्ययले जानकारी दिए। 

images
images

यसअघि स्थानीय तहको कोषमा रहेको रकमको ५० प्रतिशत रकमलाई मात्रै निक्षेपमा गणना गर्न पाउने व्यवस्था रहेको थियो। तरलतामा लगातार समस्या आएपछि राष्ट्र बैंकले गत सोमबार मात्रै त्यसलाई ८० प्रतिशत पुर्‍याएको थियो। निर्णयकै भोलिपल्ट मंगलबार बैंकिङ प्रणालीमा एकैपटक ३० अर्ब रुपैयाँ निक्षेप बढेको हो। 

images
images

अहिले बैंकिङ प्रणालीमा ४८ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। ऋण विस्तार भने १ अर्ब रुपैयाँले वृद्धि भएर ४६ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।

स्थानीय तहको कोषको पैसालाई निक्षेपमा गणना गरेका कारण ३० अर्ब रुपैयाँ निक्षेप बढी देखिएको र सीडी रेसियो पनि ९० प्रतिशतभन्दा तल आएकोसमेत अध्यक्ष उपाध्ययले जानकारी दिए।


प्रकाशित : बिहीबार , पुस २२ २०७८१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend