आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

काठमाडौं सहरको नयाँ भर्सन चाहियो : अर्थमन्त्री शर्मा

images
बिहीबार , पुस २२ २०७८
images
काठमाडौं सहरको नयाँ भर्सन चाहियो : अर्थमन्त्री शर्मा

‘नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ।’

images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन्। बिहीबार लगानी बोर्डको बैठकमा उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताएका हुन्। 
धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने उनको भनाइ छ। उनले वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन वटा ठूला सहरको निर्माण गर्नुपर्ने औँल्याए। ‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो। दूर-दराजका ठाउँमा नयाँ काम गर्‍यो भने त्यहाँ सहर बन्दो रहेछ’, उनले भने, ‘नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ।’

images
images
images

मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लागानी बोर्डले क्षेत्रगत विशिष्टिकरण गरेर गर्नुपर्नेमा जोड दिए। पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उनको भनाइ थियो। 

images
images

उनले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई आग्रह गरे। त्यस्तै जलविद्युत क्षेत्रमा तीन वटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए। ‘बूढीगण्डकी, अपर-अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईँहरूले ध्यान दिनुहोस्’, शर्माले भने। 

images
images

त्यस्तै उनले काठमाडौं-पोखरा-लुम्बिनीका लागि तीव्र गतिको यायाता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता समेत औँल्याए। यसका लागि अध्ययन गर्न समेत उनले निर्देशन दिए। ‘काठमाडौं-पोखरा, पोखरा-लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो। तर द्रूत गतिमा पुग्ने हुनुपर्‍यो’, उनले भने, ‘यो योजना तपाईँहरूको विशिष्टिकृत योजनामा हुनुपर्‍यो।’

बैठकमा नेपाल सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो।


प्रकाशित : बिहीबार , पुस २२ २०७८११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend