शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

तनहुँमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ३० २०८१
तनहुँमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार

सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ। आव २०८०/८१ का लागि पुँजीगततर्फ २५ करोड विनियोजन गरिएकामा २१ करोड खर्च भएको छ।

तनहुँ- जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ। योसँगै जिल्लामा ६ हजार ७ सय ३४ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ। 

उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका-४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ।

उक्त अवधिमा सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ। आव २०८०/८१ का लागि कार्यालयलाई पुँजीगततर्फ २५ करोड विनियोजन गरिएकामा २१ करोड खर्च भएको छ। 

बजेट अभावमा हिमा नदी नियन्त्रण कुच्चे कुनाबाट मडापोल्ला हुँदै लाटादहसम्म, फाउदीखोला लिफ्ट सिँचाइ योजना भानु-८, खहरे लिफ्ट सिँचाइ योजना देवघाट, बन्दीछाप लिफ्टिङ सिँचाइ योजना भिमाद-२, शुक्लागण्डकी-७ र म्याग्दे-५ को सुन्तले मल्याङ मोटरेबल पुल दायाँबायाँ ग्याविङको योजना सञ्चालन हुन नसकेका उनले बताए। रासस 


प्रकाशित : बुधबार, साउन ३० २०८११०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend