शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

तनहुँमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ३० २०८१
images
तनहुँमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार

सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ। आव २०८०/८१ का लागि पुँजीगततर्फ २५ करोड विनियोजन गरिएकामा २१ करोड खर्च भएको छ।

images
images

तनहुँ- जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ। योसँगै जिल्लामा ६ हजार ७ सय ३४ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ। 

images
images
images

उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका-४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ।

images
images

उक्त अवधिमा सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ। आव २०८०/८१ का लागि कार्यालयलाई पुँजीगततर्फ २५ करोड विनियोजन गरिएकामा २१ करोड खर्च भएको छ। 

images
images

बजेट अभावमा हिमा नदी नियन्त्रण कुच्चे कुनाबाट मडापोल्ला हुँदै लाटादहसम्म, फाउदीखोला लिफ्ट सिँचाइ योजना भानु-८, खहरे लिफ्ट सिँचाइ योजना देवघाट, बन्दीछाप लिफ्टिङ सिँचाइ योजना भिमाद-२, शुक्लागण्डकी-७ र म्याग्दे-५ को सुन्तले मल्याङ मोटरेबल पुल दायाँबायाँ ग्याविङको योजना सञ्चालन हुन नसकेका उनले बताए। रासस 


प्रकाशित : बुधबार, साउन ३० २०८११०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend