बिहीबार , वैशाख ४ गते २०८२    
बिहीबार , वैशाख ४ २०८२
images
images

झापामा थप १२ सय हेक्टर जमिनमा सिँचाइ सुविधा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २९ २०८१
images
झापामा थप १२ सय हेक्टर जमिनमा सिँचाइ सुविधा

भूमिगत सिँचाइका लागि पाँच वर्षमा दुई अर्ब ५१ करोड १२ लाख बजेट लाग्ने अनुमान छ। दुई आर्थिक वर्ष सकिँदा आयोजनाको वित्तीय १४ प्रगति र भौतिक प्रगति १८ दशमलव ८६ प्रतिशत छ।

images
images

झापा- झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ। जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ। योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो।

images
images
images

आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४ दशमलव १७ प्रतिशत रहेको छ। गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको छ।

images
images

गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिँचाइ प्रणलीका माध्यमबाट सिँचाइ पुर्याउन १५ डिपट्युबवेल निर्माण र १७ वटा संरचाना निर्माण सम्पन्न भएको सूचना अधिकारी थापाले बताए।

images
images

'आव २०७९/८० देखि २०८३/८४ सम्म पाँच वर्षमा सात हजार हेक्टर जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको आयोजनालाई बजेट अभाव हुँदा विगत दुई वर्षमा लक्ष्यअनुसार प्रगति हुनसकेको छैन', उनले भने।

आयोजनाका अनुसार भूमिगत सिँचाइका लागि पाँच वर्षमा दुई अर्ब ५१ करोड १२ लाख बजेट लाग्ने अनुमान छ। दुई आर्थिक वर्ष सकिँदा आयोजनाको वित्तीय १४ प्रगति र भौतिक प्रगति १८ दशमलव ८६ प्रतिशत छ। रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend