शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

दूध उत्पादक किसानलाई गण्डकी प्रदेश सरकारको ३ करोड ९ लाख अनुदान

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन २४ २०८१
images
दूध उत्पादक किसानलाई गण्डकी प्रदेश सरकारको ३ करोड ९ लाख अनुदान

सरकारले दूध उत्पादन प्रोत्साहन सहयोग कार्यक्रममा अनुदान वृद्धि गर्ने योजनाअनुसार गत वर्ष ६ करोड ५५ लाख बजेट विनियोजन गरेको थियो।

images
images

कास्की- गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादनका आधारमा ३ करोड ९ लाख ६ हजार रुपैयाँ अनुदान प्रदान गरेको छ। 

images
images
images

कृषि तथा भूमि व्यवस्था मन्त्रालयमातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

images
images

सरकारले ६४ सहकारी संस्थाबाट १३ हजार नौ सय ६१ मेट्रिक टन दूध उत्पादन भएका आधारमा प्र्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिएको हो।

images
images

सहकारी संस्थाबाट दूध बिक्री गर्ने किसानले मात्र यस्तो सहयोग सरकारबाट पाउने पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा भट्टराईले बताइन्।

सरकारले दूध उत्पादन प्रोत्साहन सहयोग कार्यक्रममा अनुदान वृद्धि गर्ने योजनाअनुसार गत वर्ष ६ करोड ५५ लाख बजेट विनियोजन गरेको थियो। 'अनुदान रकम दोबर वृद्धि गर्नेगरी बजेट विनियोजन भएको थियो, तर वृद्धिको कार्यविधि र राजपत्रमा प्रकाशनमा ढिलाइ हुँदा गत वर्ष कार्यान्वयन हुन सकेन', महानिर्देशक भट्टराईले भनिन्।
 
सरकारले उत्पादनका आधारमा अनुदान दिएपछि किसान उत्साहित भएका छन्। यसबाट दूध उत्पादन वृद्धि गर्न सहयोग पुगेको छ। दूधको राष्ट्रिय उपलब्धता प्रतिव्यक्ति प्रतिवर्ष ८८ लिटर रहेकामा गण्डकीको उपलब्धता एक सय आठ लिटर रहेको छ। रासस


प्रकाशित : बिहीबार , साउन २४ २०८१०९:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend