बुधबार, असोज १६ गते २०८१    
images
images

तनहुँमा सुक्खाटारबाहेक अधिकांश ठाउँमा रोपाइँ सकियो

images
आइतबार, साउन २० २०८१
images
images
तनहुँमा सुक्खाटारबाहेक अधिकांश ठाउँमा रोपाइँ सकियो

तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायतका धानखेती हुने गरेको केन्द्रले जनाएको छ।

images
images

दमौली- साउनको तेस्रो सातासम्म तनहुँका अधिकांश ठाउँमा धान रोपाइँ सकिएको छ। सुक्खाटारबाहेकका अधिकांश भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

images
images
images

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार हालसम्म ९६ दशमलव दुई प्रतिशत भूभागमा रोपाइँ सकिएको छ। उनले हालसम्म सात हजार छ सय ७४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको जानकारी दिए।

सिँचाइ सुविधा पुगेका अधिकांश ठाउँमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नपुगेका केही ठाउँमा रोपाइँ हुन बाँकी रहेको उनको भनाइ छ। आकाशे पानीको भरपर्नुपर्ने ठाउँमा भने रोपाइँ हुन केही समय लाग्ने उनले उल्लेख गरे। परियारले भने, 'आकाशे पानीको भरपर्नुपर्ने ठाउँमा रोपाइँ ढिला हुन्छ। कुलो र नहरबाट पानीको व्यवस्था भएका ठाउँमा रोपाइँमा सहजता हुन्छ।'

images

केन्द्रका अनुसार जिल्लाका करिब आठ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायतका धानखेती हुने गरेको केन्द्रले जनाएको छ।

images

गत वर्ष जिल्लामा ३३ हजार दुई सय ८० मेट्रिकटन बर्खे र सात हजार नौ सय ३८ मेट्रिकटन चैते धान उत्पादन भएको थियो।

जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन्। तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ।

यस्तै ५१ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ। झण्डै १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ। छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिचाइँको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफलमा मौसमी सिचाइँको सुविधा पुगेको छ। रासस


प्रकाशित : आइतबार, साउन २० २०८११३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend