शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

images
आइतबार, साउन २० २०८१
images
पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

पर्सामा ४७ हजार एक सय तीन हेक्टरमा धानखेती हुने गरेको छ। हालसम्म पर्सामा ४२ हजार तीन सय ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ।

images
images

वीरगञ्ज- पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ।

images
images
images

केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए। 'गत वर्षको तुलनामा जिल्लामा धान रोपाइँ धेरै भएको छ', उनले भने, 'यो वर्ष यहाँ पाँचदेखि सात प्रतिशतसम्म धान धेरै फल्ने अनुमान गरेका छौँ।'

images
images

केन्द्रका अनुसार हालसम्म पर्सामा ४२ हजार तीन सय ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ। पर्सामा ४७ हजार एक सय तीन हेक्टरमा धानखेती हुने गरेको छ।

images
images

गण्डक नहरबाट पनि समयमा नै पानी उपलब्ध भएकाले रोपाइँ सहज भएको हो।

पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन धान उत्पादन भएको थियो। यहाँका किसानले हरदिनाथ, सोनामन्सुली र सावित्री जातका धान रोप्दै आएका छन्। रासस


प्रकाशित : आइतबार, साउन २० २०८११०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend