मंगलबार, मंसिर ११ गते २०८१    
images
images

कम लगानीमा राम्रो प्रतिफल : भरपर्दो आम्दानीको स्रोत सुपारीखेती

images
शनिबार, साउन १९ २०८१
images
images
कम लगानीमा राम्रो प्रतिफल : भरपर्दो आम्दानीको स्रोत सुपारीखेती

सुपारी खेतीबाट यहाँका किसानले लाखौँ रूपैयाँ आम्दानी गरिरहेका छन्। सुपारीखेती किसानको भरपर्दो आम्दानीको स्रोत बनेको छ।

images
images

भद्रपुर- झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ। कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन्। 

images
images
images

झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन्। 'व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन। वार्षिक पाँच लाख रूपैयाँभन्दा बढी आम्दानी भइरहेको छ। मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ', उनले भने।

images

सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताउँछन्। 'मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु, सुपारीको बारीभित्रै सिजनअनुसार तरकारी, रोपाइँ र मकै  खेती गर्ने गरेको छु। सुपारीबाट मात्रै वार्षिक तीन लाख रूपैयाँभन्दा बढी आम्दानी भइरहेको छ', उनले भने।

images

अरु खेती लगाउँदा हात्तीले नोक्सान गर्ने भएकाले नगदेबाली सुपारी खेतीमा लागेको अर्का किसान निर्मल भट्टराई बताउँछन्। उनका अनुसार सुपारीका दानासँगै यसको पत्ताबाट दुनाटपरी बनाउन सकिन्छ।

सुपारीको बोटमा फल लागेदेखि नै व्यापारीले अग्रिम भुक्तानी गर्ने गरेको अर्का किसान बिन्दु पौडेल बताउँछन्  'बिरुवा लगाएको सात वर्षदेखि यसले फल उत्पादन सुरु गर्छ। त्यसपछि निरन्तर यसबाट वार्षिक रुपमा आम्दानी भइरहन्छ', उनले भने।

राज्यले उन्नत जातका सुपारीका बिरुवामा लगानी गर्दै किसानको उत्पादनलाई बजारीकरणमा समन्वय गरिदिने हो भने सुपारीखेती गर्ने किसानको आम्दानी बढ्दै जाने स्थानीय प्रेम राई बताउँछन्।

'पहिले घरआँगन सजाउनका लागि सुपारीका बिरुवा रोप्ने गरिन्थ्यो। पछिल्लो समय सुपारीखेती व्यावसायिक रुपमा गर्दै वार्षिक लाखौँ रुपैयाँ आम्दानी भइरहेको छ', उनले भने। रासस


प्रकाशित : शनिबार, साउन १९ २०८१११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend