शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

नवलपरासीपूर्वका अधिकांश स्थानमा सकियो रोपाइँ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १८ २०८१
images
नवलपरासीपूर्वका अधिकांश स्थानमा सकियो रोपाइँ

जिल्लाको कुल खेतीयोग्य ६१ हजार तीन सय हेक्टरमध्ये ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा उपलब्ध छ भने ४५ प्रतिशत जमिनमा आकाशे खेती गर्नुपर्ने बाध्यता छ।

images
images

नवलपरासी- बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ। जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ।   

images
images
images

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को १८ हजार सात सय १६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार चार सय पाँच हेक्टरमा रोपाइँ सकिएको छ।

images
images

जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा पनि रोपाइँ सकिएको छ भने बौदीकाली र बुलिङटार गाउँपालिकामा केही स्थानमा रोपाइँ बाँकी छ।

images
images

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेका अनुसार जिल्लाको कुल खेतीयोग्य ६१ हजार तीन सय हेक्टरमध्ये ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा उपलब्ध छ भने ४५ प्रतिशत जमिनमा आकाशे खेती गर्नुपर्ने बाध्यता छ। यो जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान रोपिएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन १८ २०८११०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend