शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

झापामा ८ सय २७ हेक्टरमा सिँचाइ सुविधा विस्तार

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १८ २०८१
images
images
झापामा ८ सय २७ हेक्टरमा सिँचाइ सुविधा विस्तार

बहुवर्षीय योजनाहरू मेचीनगर-८ मा सञ्चालित निन्दाखोला सिँचाइ योजना, मेचीनगर-७ मा पालिया पूर्व सिँचाइ योजना र गौरीगञ्जमा सञ्चलित तल्लो किस्ने सिँचाइ योजना अन्तिम चरणमा रहेका छन्।

images
images

झापा- झापामा ८ सय २७ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। आर्थिक वर्ष २०८०/८१ मा १ सय ३० हेक्टरमा सुविधा विस्तार तथा ६ सय ९७ हेक्टरमा सिँचाइ सेवा पुनःस्थापना गरिएको हो।

images
images
images

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शैलेश पोखरेलका अनुसार सानाठूला गरी १ सय ३२ आयोजना सम्पन्न भएसँगै सिँचाइ सुविधा विस्तार भएको हो।

images
images

गत आवमा कार्यालयको पुँजीगतर्फ विनियोजित रकम ३१ करोड ८९ लाख ४८ हजारमध्ये २९ करोड आठ लाख ३८ हजार चार सय ७४ खर्च भएको छ। चालुतर्फ पनि विनियोजित बजेटको ९२ दशमलव ७ प्रतिशत खर्च भयो। गत वर्ष कोशी प्रदेश सरकार सञ्चालनमा विवाद हुँदा बजेट ढिलागरी प्राप्त भएकाले आयोजना सञ्चालनमा ढिलाइ भएको प्रमुख पोखरेलले बताए।

images
images
images

यसैगरी उक्त कार्यालयले नदी व्यवस्थापनतर्फ  सात हजार एक सय नौ मिटर सम्पन्न गरी एक हजार छ सय ८४ हेक्टर जमिन संरक्षण र ६० हेक्टर जमिन उकास गरेको छ। यी योजना सम्पन्न भएसँगै दुई हजार छ सय चार परिवार लाभान्वित भएका डिभिजन प्रमुख पोखरेलले बताए।

बहुवर्षीय योजनाहरू मेचीनगर-८ मा सञ्चालित निन्दाखोला सिँचाइ योजना, मेचीनगर-७ मा पालिया पूर्व सिँचाइ योजना र गौरीगञ्जमा सञ्चलित तल्लो किस्ने सिँचाइ योजना अन्तिम चरणमा रहेका उक्त कार्यालयले जनाएको छ। यी योजना सम्पन्न भएसँगै दुई हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने छ। रासस


प्रकाशित : शुक्रबार, साउन १८ २०८११०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend