बिहीबार , मंसिर ६ गते २०८१    
images
images

गण्डकीमा एकवर्षमा २ सय ३३ किलोमिटर पक्की सडक निर्माण, २१ वटा मोटरेबल पुल

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १७ २०८१
images
images
गण्डकीमा एकवर्षमा २ सय ३३ किलोमिटर पक्की सडक निर्माण, २१ वटा मोटरेबल पुल

गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले २१ वटा मोटरेबल पुल, १९ वटा झोलुङ्गे पुल र २५ वटा भवन निर्माण गरेको छ।

images
images

म्याग्दी- गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षको अवधिमा २ सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ। 

images
images
images

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ।  

images

गण्डकी प्रदेशका ११ वटा जिल्लामा गत आर्थिक वर्षमा सञ्चालन भएका आयोजनामार्फत २ सय ३३ किलोमिटर सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिएका छन्। 

images

गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले २१ वटा मोटरेबल पुल, १९ वटा झोलुङ्गे पुल र २५ वटा भवन निर्माण गरेको छ। प्रदेश सरकार स्थापना भएको ७ वर्षको अवधिमा ९०१ किलोमिटर कालोपत्र, ६९६ किलोमिटर ग्राभेल, १०६ वटा मोटरेबल पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएको छ। 

ग्रामीण क्षेत्रमा आवतजावत सहज बनाउन, यात्रा अवधी छोटाउन, कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको भाडादर घटाउन, दुर्घटना न्यूनीकरण, प्रत्यक्ष रोजगारी सिर्जना, बसाइसराइ घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धनका लागि सडक आयोजनाहरु प्रभावकारी बनेका छन्। 

राष्ट्रिय राजमार्गका वैकल्पिक सडकको मार्ग खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिएको भौतिक मन्त्रालयमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका छन्। रासस


प्रकाशित : बिहीबार , साउन १७ २०८११३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend