शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

भैँसीको व्यापारबाट वार्षिक ३५ लाखको कारोबार

images
सोमबार, साउन १४ २०८१
images
भैँसीको व्यापारबाट वार्षिक ३५ लाखको कारोबार

वार्षिक ३० देखि ३५ लाखसम्मको कारोबार हुने गरेको बताउँदै उनले सबै खर्च कटाएर पाँच लाख बढी आम्दानी हुने गरेको जानकारी दिए।

images
images

दाङ- जिल्लाको गढवा गाउँपालिका-४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थालेको ३२ वर्ष भयो। उनले हरेक वर्ष घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित कटुवाखोला किनारमा बिक्रीका लागि भैँसी ल्याउने गर्छन्।

images
images
images

हरेक वर्ष जेठदेखि कार्तिकसम्म यहाँ भैँसी बिक्री गर्न आउने गरेको मुसलमानले बताए। 'लामो समयदेखि भैँसीपालनसँगै व्यापार पनि गर्दै आएको छु। अहिले वार्षिक ३० देखि ३५ लाख रूपैयाँसम्म आम्दानी हुन्छ', उनले भने, 'घरमा पनि सधैँ दुई/चारवटा भैँसी भइरहने भएकाले दूध, दही बिक्रीबाट पनि आयआर्जनमा सहयोग पुगेको छ।'

images
images

देउखुरी क्षेत्रबाट आफूसहित अन्य व्यापारीले पनि यहाँ दुहुना भैँसी बिक्रीका लागि ल्याउने गरेका मुसलमानले जानकारी दिए। कटुवा खोलाबाट एकसय रूपैयाँ प्रतिलिटरका दरले दैनिक दूधसमेत बिक्री गर्ने गरेको उनले बताए।

images
images

अन्य समयमा भन्दा असार, साउनमा बढी भैँसी बिक्री हुँदै आएको मुसलमानको भनाइ छ। 'यो वर्ष १२ वटा भैँसी बिक्री भइसकेका छन्', उनले भने, 'यहाँ ल्याइएका भैँसी बिक्री गरेर सकियो भने फेरि देउखुरी लिन जाने गर्छौँ। बुबाबाजेले गर्दै आएको भैँसीपालन पेसालाई निरन्तरता दिँदै आएका हौँ।'

मुसलमानले एउटा भैँसीको ६० हजारदेखि दुई लाख रूपैयाँसम्म पर्ने बताए। उनका अनुसार कटुवाखोला किनारमा भैँसी किन्न दाङका साथै रोल्पा, प्युठान, सल्ल्यान, रुकुमलगायत जिल्लाबाट ग्राहक आउने गरेका छन्।

वार्षिक ३० देखि ३५ लाखसम्मको कारोबार हुने गरेको बताउँदै उनले सबै खर्च कटाएर पाँच लाख बढी आम्दानी हुने गरेको जानकारी दिए। घरका अन्य सदस्यले घरपालुवा पशुको हेरचाह गर्ने मुसलमानको भनाइ छ। उनले ६ महिना घरबाट र ६ महिना घोराहीमा आएर भैँसी बेच्ने गर्ने गरेको सुनाए।

दाङको गढवा गाउँपालिका-४ बाट मात्रै अहिले २० जनाभन्दा बढी व्यापारी घोराही आएर भैँसीको व्यापार गर्छन्। मुसलमानले ‘रोशनी पशु खरिद बिक्री केन्द्र तथा पशु फार्म’ दर्ता गरी भैँसीको व्यवसायिक व्यापार गर्दै आएका हुन्। लामो समयदेखि पशुपालन क्षेत्रमा लागेका उनले आयआर्जन राम्रो हुँदै गएको बताए।

देउखुरी क्षेत्रको राजपुर, राप्ती, गढवालगायत क्षेत्रका अधिकांश किसानले व्यवसायिक रुपमा भैँसीपालन गर्दै आएका छन्। 


प्रकाशित : सोमबार, साउन १४ २०८११७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend