शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

अनुदान दिन थालेपछि हुप्सेकोटमा बढ्यो दूध उत्पादन

images
आइतबार, साउन १३ २०८१
images
अनुदान दिन थालेपछि हुप्सेकोटमा बढ्यो दूध उत्पादन

सोझै किसानको हातमा रकम जाने यो कार्यक्रमले केही मात्रामा भए पनि राहत दिएको कृषकको भनाइ छ।

images
images

मध्यविन्दु- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थालेपछि उत्पादनमा वृद्धि भएको छ। दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि अनुदान दिन थालेपछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि हुँदै गएको हो।

images
images
images

सहकारीले सञ्चालन गरेको दुग्ध डेरीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर दूधमा सात दशमलव ५० रूपैयाँका दरले अनुदान रकम गाउँपालिकाले उपलब्ध गराएको हो। आर्थिक वर्ष २०८०/८१ मा ७५ हजार दुईसय दुई लिटर दूधमा पाँच लाख ६४ हजार १२ अनुदान रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिए।

images
images

'गत आवमा सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्थाले २२ हजार १६ लिटर दूधमा दुई लाख ७३ हजार पाँच सय ३१, साना किसान कृषि सहकारी संस्थाले ३५ हजार तीनसय सात लिटर दूधमा दुई लाख ६५ हजार एकसय ६२ र शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्थाले तीन हजार तीनसय ७६ लिटर दूधमा २५ हजार तीनसय १९ अनुदान लगेका छन्', उनले भने।

images
images

गाउँपालिकाले आव २०७९/८० सम्म प्रतिलिटर पाँच रूपैयाँ अनुदान दिँदै आएकामा गत आवदेखि अनुदान रकम वृद्धि गरेको हो। पालिकाले प्रतिलिटर १० रूपैयाँ अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दूधमा अनुदान उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त रकम घटाएर प्रतिलिटर १० रूपैयाँ हुने गरी अनुदान वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन्। अनुदान रकम साना किसानसम्म पुर्‍याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार रकम उपलब्ध गराइएको गरिएको उनले बताइन्।

'गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीले उपलब्ध गराएको वार्षिक तथ्यांकका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ', अध्यक्ष पाण्डेले भनिन्, 'उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८/७९ देखि यसलाई निरन्तरता दिँदै आएका छौँ।'

उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएका भन्दै दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या पनि वृद्धि भएको उनले बताइन्। 'हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्', उनले भनिन्, 'गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुनेहुँदा यस क्षेत्रमा दूध उत्पादन कम हुने गरेको छ।'

आव २०७९/८० मा कुल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर पाँच रूपैयाँका दरले दुई लाख ८६ हजार छ सय १९ अनुदान रकम प्रदान गरिएको गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए।

'सो वर्ष सहिद प्रदुक बहुउद्देश्यीय सहकारीले २२ हजार १६ लिटर दूधमा एक लाख १० हजार ८० र साना किसान कृषि सहकारीले ३५ हजार तीन सय सात लिटर दूधमा एक लाख ७६ हजार पाँच सय ३९ अनुदान पाएका थिए', उनले भने।

चालु आर्थिक वर्षमा पनि दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिृकत पराजुलीले बताइन्।

किसानका पक्षमा हुप्सेकोट गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको पशुपालक किसानले बताएका छन्। सोझै किसानको हातमा रकम जाने यो कार्यक्रमले किसानलाई केही मात्रामा भए पनि राहत दिएको कृषकको भनाइ छ। रासस


प्रकाशित : आइतबार, साउन १३ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend