शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

कैलालीमा महिलालाई जीविकोपार्जनमा सघाउन बंगुरका पाठापाठी वितरण

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १३ २०८१
images
images
कैलालीमा महिलालाई जीविकोपार्जनमा सघाउन बंगुरका पाठापाठी वितरण

आर्थिक वर्ष २०८०/८१ मा ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै केन्द्रले जिल्ला दरअनुसार प्रतिबंगुरको पाठी ५ हजार ५ सय १२ रुपैयाँ र पाठो ६ हजार ६३ रुपैयाँका दरले खरिद गरी वितरण गरिएको बताएको छ।

images
images

कैलाली- कैलालीका कृषि सहकारी समूहमा आबद्ध ५ सय ४८ विपन्न महिलालाई बंगुरका पाठापाठी वितरण गरिएको छ।
 
कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बंगुरका पाठापाठी वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

images
images
images

जिल्लामा सञ्चालित २३ वटा कृषि सहकारी संस्थामा आबद्ध पाँच सय ४८ विपन्न महिलालाई एक-एकवटाका दरले पाठापाठी वितरण गरिएको हो।

विपन्न लक्षित वर्ग कार्यक्रमअन्तर्गत दलित, एकल महिला, मुक्तकम्लरी, कमैया, हलियाको जीविकोपार्जनमा सुधार गर्न आर्थिक वर्ष २०८०/८१ मा पाँच सय ४८ वटा उन्नत जातका बंगुरका पाठापाठी वितरण गरिएको विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले बताए। कृषि सहकारीमा आबद्ध विपन्न महिलालाई छनोट गरी शतप्रतिशत अनुदानमा पाठा वितरण गरिएको उनले जानकारी दिए। 

images

बंगुरका पाठापाठी वितरणले विपन्न वर्गको जीविकोपार्जनमा सुधार आउनुका साथै  व्यावसायिक उत्पादनमा सहयोग पुग्ने सूचना अधिकारी कठायतले बताए। विपन्न महिलालाई व्यावसायिक बंगुरपालनतर्फ आकर्षित गर्न पाठापाठीसँगै तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए। 

images

आर्थिक वर्ष २०८०/८१ मा ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै केन्द्रले जिल्ला दरअनुसार प्रतिबंगुरको पाठी ५ हजार ५ सय १२ रुपैयाँ र पाठो ६ हजार ६३ रुपैयाँका दरले खरिद गरी वितरण गरिएको बताएको छ।

आव २०७७/७८ मा एक सय ७०, २०७८/७९ मा छ सय ५८ र २०७९/८० मा सात सय ९८ वटा बंगुरका व्यावसायिक फर्म कैलालीमा दर्ता भएका केन्द्रले जनाएको छ। रासस


प्रकाशित : आइतबार, साउन १३ २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend